Subscribe Us

प्रहरीलाई दुरुपयोग गर्दा खुल्यो वाग्लेको डरलाग्दो रहस्य,
हुण्डी कारोबारीसँग करोडौंको वार्गेनिङ

काठमाडौं । गत २०७४ भदौमा राजस्व अनुसन्धान विभागले पहिलो पटक हुण्डी कारोबारीविरुद्ध ठूलो कारवाही गर्दै चार अर्ब १२ करोड बिगो कायम गरी अदालतमा मुद्दा चलायो । 

बिगो बराबर जरिवानाको माग दाबीसहित सुन्धाराको जेबो ट्राभल्समा दलबहादुर पुन, लवकुमार नेपाल, धर्म गुरुङ र मिलन गुरुङबिरुद्द अदालतले जरिवाना र दुई बर्ष जेल सजाय गरिसकेको छ  । 

त्यसपछि हुण्डी कारोबारीविरुद्ध अहिलेसम्म कुनै ठूलो कारबाही हुन सकेको छैन । हाल अबैध हुण्डीको कारोबार गर्ने व्यापारी बिरुद्ध प्रहरीले अप्रेशन चलाए पनि मुख्य कारोबारीसम्म भने प्रहरी पुग्न नसक्दा फेरि कारोबार मौलाउन थालेको छ । 

कारोबारीले हुण्डीमार्फत तेस्रो मुलुकमा रकम पठाएर उक्त पैसाबाट अवैध वस्तुको तस्करी गर्ने र अवैध तवरले डलर संकलन गरी विभिन्न माध्यमबाट तेस्रो मुलुकमा डलर तस्करी गरेर विदेशी मुद्राको अपचलन गर्ने कार्य ह्वात्तै बढेको छ । अवैध हुण्डीलाई नियन्त्रणका लागि राष्ट्र बैंकले मातहतका निकायमा पत्राचार गरिसकेको छ । तर, मुख्य गिरोहसम्म प्रहरी पुग्न सकेको छैन ।  

अवैध रुपमा नेपालबाट भारत, अष्ट्रेलिया, दक्षिण कोरिया र खाडीमुलुकमा बढी मात्रामा हुण्डीमार्फत कारोबार हुने गरेको प्रहरीको भनाई छ । महानगरिय अपराध महाशाखाले केही समय अघि एउटा हुण्डी कारोबारीलाई च्यापेर अर्कोलाई कारबाही गर्न खोज्दा विवाद उत्पन्न भएको थियो । महाशाखाको टोलीले भक्तपुरबाट जेपी भट्टराई नाम गरेका हुण्डी कारोबारीको स्वार्थमा राजेश उपाध्यायलाई पक्राउ गरेको थियो । तर, पक्राउ गरेकै दिन उपाध्याय छुटे । आजभन्दा तीन वर्ष अघि उपाध्याय र भट्टराईबीच मिलेर कारोबार हुने गर्दथो । उनीहरुबीचको विवादमा झण्डै प्रहरी नै फस्न पुगेको थियो । 

स्रोतका अनुसार भट्टराईले प्रहरीलाई उपाध्याय ठूलो कारोबारी हो भन्दै सूचना दिएर फसाउन खोजेका थिए । तर, उनीहरु दुबै जना कुनै समय हुण्डीको पार्टर रहेको खुलेपछि प्रहरी पछि हटेको थियो । उनीहरुबीचको लेनदेन विवादले गर्दा प्रहरीले नै हैरानी खेप्नु परेको छ भने दलालहरु सक्रिय बनेका छन् । भट्टराईका छोरा विनोदले अष्ट्रेलीयाबाट हुण्डी गरेर रकम पठाउने र भट्टराईले नेपाली बजारमा उपाध्यायसँग मिलेर सोही रकम वितरण गर्दै आइरहेका थिए । 

तर, यो मिलाप धेरै टिक्न सकेन । उनीहरुबीच तीन वर्षदेखि विवाद चल्दै आएको छ । भट्टराईले हुँदै नभएको करोडौं पैसा फस्यो भन्दै दलाल र गुण्डालाई प्रयोग गरी उपाध्याय र उनका नातेदारसँग बार्गेनिङ गर्दैै आइरहेका छन् । चितवनमा गत साता भट्टराईले मेनपावर व्यवसायी हंसराज वाग्लेलाई प्रयोग गरी उपाध्यायका नाता पर्ने लक्ष्मी अधिकारीको घर घेर्न पुगेपछि अधिकारीले प्रशासनमा उजुरी दिएकी छन् । वाग्ले र उपाध्यायले झुटो मुद्दा बनाई फसाइदिने धम्की दिएको भन्दै अधिकारीले प्रशासन गुहारेकी हुन् । 

कांग्रेस निकट रहेका वाग्ले यस अघि पनि विभिन्न विवादमा फस्दै आइरहेका व्यवसायी हुन् । अधिकारीले आफ्नो ज्वाँई कामको शिलशिलामा अष्ट्रेलियामा रहेको र आफूलाई उनीहरुबीचको कारोबारको विषयमा केही थाहा नभएको तर, एक्कासी भट्टराईको नेतृत्वमा आठ÷दश जनाको समूह आई धम्की दिने गरेको हुँदा शान्ति सुरक्षा पाउँ भनी प्रशासनमा निवेदन दिएकी छन् । भट्टराई एक मन्त्री र वाग्लेलाई प्रयोग गरी अधिकारीको परिवार विरुद्ध लागिपरेका छन् । हुँदै नभएको पैसाको आश देखाएर भट्टराईले गुण्डा र प्रहरीलाई दुरुपयोग गर्न खोजेको उनको व्यवहारबाट खुलेको छ । 

वाग्लेले त विदेश पठाउने भन्दै पार्सपोर्ट सहित विभिन्न व्यक्तिबाट रकम लिएको नक्कली कागज बनाई बैदेशिक रोजगार विभाग लगाएर फसाइदिने भन्दै अधिकारीको परिवारलाई धम्की दिएका थिए । जसको भिडियो रेकर्ड सुरक्षित छ । वाग्ले र भट्टराईले अधिकारी र उपाध्यायको परिवारसँग पाँच करोड बार्गेनिङ गरेको पीडित परिवारले आरोप लगाएको छ ।

Post a Comment

0 Comments