Subscribe Us

बिरोजगारलाई लुटेर नेतालाई पोस्दै राई

काठमाडौं । इन्टरनेशनल म्यानपावरको सञ्चालक वाईबी राईलाई नेकपा एमालेको जनवर्गिय संगठन, नेकपा एमाले निकट म्यानपावर व्यवसायीहरूको संगठन प्रगतिशिल वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालले मज्जैले ठेगान लगाएको छ । 

कोटेश्वर पुग्दा माधव नेपाल र बालकोट पुग्दा केपी ओली गुटका बन्ने राई यो पटक न ओली गुटमा छिर्न पाए न नेपाल गुटमा अटाए । मानव तस्करी गरेर थुपारेको कालो धनको भरमा संगठनको नेतृत्व लिन्छु भनेर तुजुग देखाउँदै हिँडेका राई व्यावसायीको उपाध्यक्षमा नै सीमित भए । 

राई आफुलाई मञ्चको अध्यक्ष हुन कोही कसैले पनि रोक्न नसक्ने भन्दै हिँडे पनि उनको कालो धनले यतिखेर साथ दिन सकेन । पैसा भएपछि जे पनि गर्न सकिन्छ भन्ने स्वभावका राई व्यवसायीका हितविपरीत कुनै आन्दोलन भएको खण्डमा पछाडी बसेर आन्दोलन तुहाउन सक्रिय रहन्थे । 

फ्रि भिषा, फ्रि टिकटमा प्रति व्यक्ति न्यूनतम पनि ८५ हजार भन्दा बढी असुलेर नेपाली कामदारलाई मुर्गा बनाउँदै आएका राईको स्वभाव रहन सहनले धेरै म्यानपावर व्यवसायीहरूलाई समेत हैरानी बनाएको थियो । पैसाको आडम्बरमा वैदेशिक रोजगार विभाग कब्जामा लिएका राईको इन्टरनेशनल म्यानपावरविरूद्ध जो कोहीले पनि अन्याय परेको खण्डमा उजुरी गर्न सक्दैन । त्यसको परिणाम स्वरूप पुन अर्को कार्यकाल पनि उपाध्यक्षमा नै सिमित बने । उनको मञ्चमा जान हतारो गर्नुका कारण भने अध्यक्षको पद बेचेर व्यवसायीको हित गर्नु भन्दा पनि आफ्नो स्वार्थ पुरा गर्नमात्र भएको भन्दै उनलाई पुन उपाध्यक्षमा नै राखेकोमा मञ्चका अधिकांश सदस्य खुसी छन् । 

उपाध्यक्षमा जेनतेन टिकेका राई अध्यक्ष बन्न निकै हौसिए । मञ्चको उपाध्यक्ष भएका कारण कामदारलाई ठगी रहेका उनलाई अब भने उपाध्यक्षको पद निल्नु न ओकल्नु बनेको छ । वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष बलबहादुर तामाङको आशिर्वादमा दौडीरहेका राइलाई यसपटक कसैले पनि वास्ता गरेन । मलेसिया र साउदी जाने नेपाली कामदार थर्काएजस्तो थर्काएर मञ्चको अध्यक्ष बन्छु भनेर लागेका राईको सेखी झरेसँगै पुन आफु कुन गुटमा लाग्ने भन्ने अन्योलमा छन् । 

८५ हजार लिएर कामदारलाई पीडा दिने र पछि पीडितले नेपालमा आएर उजुरी गरेको खण्डमा १० हजार लिएको हो भन्दै धम्क्याउने उनको खास पेशा हो । इन्टरनेशनल म्यानपावरबाट मलेसियामा जाने नेपाली ठग्दै आएका उनको कम्पनीविरूद्ध वैदेशिक रोजगार विभागमा उजुरीको चाङ नै छ । उनले उजुरी गर्नेलाई आफु व्यवसायीको नेता भएको भन्दै थर्काउने गरेका छन् । 

उनले मलेसियाका साथै कतारमा पनि नेपाली कामदार पठाउने गरेका छन् । त्यसका लागि उनले कतार प्यारामाउन्ट मेनपावर किनेका छन् । उनले प्यारामाउन्टको नाममा मागपत्र ल्याउने र इन्टरनेशनलबाट पठाउने गरेका छन् । स्रोतका अनुसार उनी आफु अध्यक्ष भएको खण्डमा विभागमा परेको उजुरीलाई पेलपाल पारेर सेटल गर्नकै लागि भएपनि अध्यक्ष बन्न खोजी रहेका थिए । पटक–पटक एउटै पदमा बसी राख्दा पनि हैसियत नहुने बुझेपछि उनलाई आफ्नो पद अहिले निल्नुन ओकल्नु भएको छ ।

Post a Comment

0 Comments