Subscribe Us

सहकर्मी कुटाएपछि अधिकारीको जागिर चैट

काठमाडौं । नेपालका मिडियामा अनेक प्रकारका राजनीति र कुटनीतिको खेल स्वभाविक बनिरहेको छ । यौनकाण्डदेखि सहकर्मीविरूद्धका कतिपय घटनाले पत्रकारहरूको द्वन्द्व बाहिर आउन थालेका छन् । कान्तिपुर मिडिया ग्रुपको टेलिभिजनबाट सम्पादक दिलभुषण पाठकको जागिर चिप्लिएको कथा नयाँ होइन । 

नागरिकमा साहुकी छोरी समृद्धिले रेडियोका सम्पादक श्रीराम खनाललाई हप्काएको चर्चा अर्कातिर छ । तर, सवैभन्दा ठूलो घटनाचाहीँ अनलाइन मिडिया नेपाल लाइभमा भएको स्रोतको दाबी छ । 

सम्पादक सरोजराज अधिकारी अहिले विदामा छन् । कार्यकारी सम्पादकको भुमिकामा समाचार सम्पादक नवीन अर्यालले जिम्मेबारी लिइसकेका छन् । गगन थापाको आशिर्वादमा चलेको उक्त अनलाइनमा सम्पादक अधिकारीले समाचार सम्पादक अर्याललाई गुन्डा लगाएरै कुटपिट गराएका थिए । 

चार जनाको समुहले अर्याललाई निलडाम हुनेगरी कुटपीट गरेका थिए । यहि विषयले नेपाल लाइभमा समस्या भएपछि अधिकारीलाई हटाइएको थियो । 

डिल्लिबजारका चिया पसलमा यो घटनाका निक्कै चर्चा हुने गरेको छ । अर्याललाई कुटपिट गराएपछि अधिकारी नेपाल लाइभको कार्यालय गएका छैनन् । 

उनको ठाउँमा प्रधान सम्पादक तथा प्रकाशक अनिल न्यौपानेले अर्याललाई नै राख्ने भएका छन् । अधिकारी एक महिने विदाका नाममा बसेका थिए । उनी कान्तिपुर दैनिकका सम्पादक सुधिर शर्मासँग जागिर माग्नका लागि दौडधुपमा रहेको पनि स्रोतको दाबी छ ।


Post a Comment

0 Comments