Subscribe Us

मेलम्ची र चमेलियाको प्राडोमा देउवामोह,
देउवासँग दुई वटा प्राडो

 काठमाडौं । प्रधानमन्त्रीको हैसियतमा चौथो पटक दुई सय ५० दिन र नेपाली कांग्रेसको सभापतिको कुर्सीमा ६ सय ९० दिन बसेर सँधै सत्ता र शक्तिको सुविधामा लुटपुटिएका शेरबहादुर देउवा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सर्मनाक हार बेहोरे पनि पद भने नछोड्ने पक्षमा रहेका छन् ।

प्रतिनिधिसभाको निर्वाचनबाट पार्टीले लज्जाजनक हार बेहोर्दा समेत संघीय संसद अन्तरगत राष्ट्र्रियसभा निर्वाचनको मत परिणाम नआएको भन्दै सत्तामा टाँसिन चाहने देउवाले हारेको पार्टी कांग्रेस संसदीय दलको नेता समेत नछाड्ने भएका हुन् ।

यसका लागि देउवाले समानुपातिक सांसदहरुले आफूलाई सहयोग नगरे निर्वाचन आयोगलाई पत्र लेखी कारबाही गरेर भएपनि सांसद पद खोसिदिने चेतावनी दिएका छन् । देउवाले संसदीय दल चयन गर्दा प्रदेश २ र ३ मा यस्तै हर्कत र रवैया देखाएका थिए । 

तीन नम्वर प्रदेशसभा संसदीय दलको नेतामा आफ्ना निकटका ठेकेदार इन्द्रबहादुर बानियाँलाई चयन गर्न देउवाले संसदीय दल सम्बन्धी विधान तयार गर्नुअघि नैं नेता चयन भएको घोषणा गर्न लगाएका थिए भने दुई नम्वर प्रदेशसभा संसदीय दलको नेतामा सरोज यादवलाई सहयोग नगरे संसद सदस्यहरुलाई नै पदमुक्त गरिदिने चेतावनी विमलेन्द्र निधिलाई दिएका थिए । यसरी पार्टीदेखि हरेक संसदीय मोर्चामा आफूखुसी निर्णय गर्दै आएका देउवाले संसदीय दल पनि नछोड्ने बताएका हुन् । 

प्रहरी महानिरिक्षक नियुक्ति, प्रधानन्यायाधीश (तत्कालिन) सुशीला कार्कीबिरुद्ध ल्याएको महाभियोग, अख्तियारका प्रमुख (तत्कालिन) लोकमानसिंह कार्कीबिरुद्ध ल्याइएको महाभियोग र भारतले नेपाललाई नाकाबन्दी गर्दा आधिकारिक धारणा सार्वजनिक गर्न नसक्दा पार्टीले पराजय बेहोर्नु पर्ने भन्दै देउवाप्रति असन्तुष्ट र यूवा नेताहरुले पद छाड्न आग्रह गरेका छन् । 

तर, यूवा नेताको यस्तो आग्रहलाई सभापति देउवाले टेरपुछर लगाएका छैनन् । देउवालाई महाधिवेशनमा सहयोग गर्ने कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, चन्द्र भण्डारीले देउवाको साथ छोडिसकेका छन् भने अर्का प्रभावशाली नेता खुमबहादुर खड्का देउवाप्रति निकै असन्तुष्ट छन् । पूर्व महामन्त्री विमलेन्द्र निधिले देउवाप्रति गुनासो पनि गरिररहेका छन् । तर,  देउवाले संसदीय दलको नेता हुने चाहना अभिव्यक्त गर्नासाथ उनीसँग प्रतिष्पर्धामा लड्ने आँट अहिलेसम्म कसैले गर्न सकेका छैनन् । 
पार्टी भित्र असन्तुष्ट नेता रामचन्द्र पौडेल गुटका नेता गणेशमान सिंहका छोरा पूर्वमहामन्त्री प्रकाशमान सिंहले देउवालाई टक्कर दिने चेतावनी दिएका छन् । तर, देउवाका अघि सिंहको उम्मेदवारी फिक्का हुने देखिन्छ । पौडेल पक्षबाट महामन्त्री सशांक कोइराला उठ्ने र देउवा आफै उम्मेदवार नहुने पक्षमा उभिए मात्र निर्वाचनमा प्रतिष्पर्धा रोचक हुन सक्छ, किनकी कोइरालाले खुमबहादुर खड्का, कृष्णप्रसाद सिटौला गुट र हालसम्म नखुलेको सासदबाट मत तान्न सक्छन् । नत्र देउवा एक्लै पार्टी संसदीय दलमा बहुमतमा छन् । 

प्रतिनिधिसभाको प्रत्यक्षतर्फ २३ र समानुपातिकतर्फ ४० गरी नेपाली कांगेसमा ६३ जना सांसद सदस्य छन् । ६३ मध्ये देउवासँग प्रत्यक्षबाट जितेका ७ र समानुपातिकबाट जितेका २४ गरी ३१ जना पक्षमा छन् । देउवाकै इसारा वा निर्देशनमा ३१ जना भए पनि बहुमत पुर्याउन उनलाई एक जना मात्र सांसदको जरुरी पर्दछ । 

देउवावाहेक उनले अरुलाई संसदीय दलको नेतामा उठाए भने विजयकुमार गच्छदार, खड्काका दुई सांसद र कतै नखुलेका चार सांसदले जुन उम्मेदवारलाई पनि मत हाल्न सक्छन् । दलको निर्वाचनमा कृष्णप्रसाद सिटौला निकटका तीन सांसदले भने कता भोट हाल्ने भन्ने अझै निश्चित भएको छैन् । 

पौडेल गुटबाट उम्मेदवार हुनेले सिटौला, खुमबहादुर खड्का, गच्छदार र कतै नखुलेका चारै सांसदलाई आफ्नो पक्षमा राख्न सके भने मात्र देउवालाई त्यस्तो उम्मेदवारले टक्कार दिन सक्छ । पार्टी महामन्त्री समेत रहेका डा. शसांक कोइराला आफू सर्वसम्मत पाए मात्र संसदीय दलको नेता खान तयार छन् । कोइराला देउवासाग टक्कर लिने पक्षमा छैनन् । उनी देउवासँग टक्कर लिएर वा प्रतिष्पर्धा गरेर भन्दा पनि समन्वय गरेर र खुसी बनाएर अधिकार बिस्तारै आफ्नो हातमा लिन खोज्दैछन् । 

कसको पक्षमा को को सांसद
देउवाको पक्षमाशेरबहादुर देउवाचीत्रलेखा यादवबालकृष्ण खाँडज्ञानेन्द्रबहादुर कार्कीबहादुरसिंह लामाउमेश श्रेष्ठज्ञानकुमारी छन्त्यालमहेनद्रकुमारी लिम्वुडा. डिला संग्रौलाकिशोरसिंह राठौरउमा रेग्मीपद्मनारायण चौधरीपार्वती डिसी चौधरीमानबहादुर विश्वकर्मामीन विश्वकर्मासरवत आरा खानमसुजाता परियारलक्ष्मी परियारविनोदकुमार चौधरीमिनाक्षी झाअतहर कमाल मुसलमानमीना सुब्बानागेन्द्रकुमार रायसिताराम मेहताप्रदीप गिरीप्रमोदकुमार यादबभरतकुमार साहअभिषेकप्रताप साहसूर्यबहादुर केसीरंगमति शाही

पौडेल पक्षधर सांसदहरुडा. शसांक कोइरालासीतादेवी यादबप्रकाशमान सिंहदिलेन्द्रप्रसाद बढुसुजाता कोइरालाकर्मा घले, प्रमिला राईरामबहादुर बिष्टमीना पाण्डेहीरा गुरुडनमिताकुमारी चैधरीविमला नेपालीप्रकाश रसाइलीलालकाजी गुरुडस्मृतिनारायण चौधरीविजय गच्छदारखुमबहादुर खड्का गुटपुष्षा गौतम भुषालदेवेन्द्रराज कँडेलकृष्णप्रसाद सिटौला गुटगगनकुमार थापाउमाकान्त चौधरीभिमसेनदास प्रधानकुनैं गुटमा नखुलेकाअमरेसकुमार सिंह मोहन आचार्यदिव्यमणी राजभण्डारीसत्यनारायण शर्मा
देउवासँग दुई वटा प्राडो
निवर्तमान प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले सत्तबाट बहिर्गमन भए पनि सरकारी सेवा सुविधा र सम्पतीको चरम दुरुपयोग गरिरहेका छन् । देउवाले खानेपानी तथा सरसफाई मन्त्री बनाएका महेन्द्र यादवको षड्यन्त्र र सरसल्लाहमा मेचम्ची खानेपानी आयोजनाको खरानी रंगको बा२झ ४४८ नम्वर को प्राडोलाई शुक्रबार बालुवाटारबाट वुढानिलकण्ठ सर्दा निजी बनाएका हुन् । मन्त्रीको सो गाडीलाई सुरक्षाकर्मी र मेलम्चीका कर्मचारीले बा९च ४४८ नम्वरको निजी सवारीमा परिवर्तन गरेका थिए । देउवाले यसअघि नै चमेलिया जलबिद्युत आयोजनाको बा६च १०२० नम्वरको सेता प्राडो प्रयोग गरिरहेका छन् ।


Post a Comment

0 Comments