Subscribe Us

डाक्टरको मनपरीले सिमा नाघ्यो,
बाँयाको हुनु पर्ने भयो दाँयाको

काठमाडौं । राजधानीको थापाथलीस्थित नर्भिक अस्पताल धनाड्य ब्यक्तिहरु जाने अस्पतालको रुपमा चिनिन्छ । 
सर्वसाधरण नेपालीको पहुँच बाहिर रहेको अस्पतालमध्येको एक हो नर्भिक । सर्वसाधरणले उपचार गर्ने वीर, कान्ति बाल, टिचिङ, पाटन, सिभिललगायतका अस्पतालमा झण्डै आठ घण्टाको लाइन पछि मात्रै पालो आउने गर्छ । त्यसमा पनि वरिष्ठ डाक्टर भेट्ने सम्भावना भने निकै कम नै हुन्छन् । 

खर्च धेरै लागे पनि वरिष्ठ डाक्टरलाई भेटिने र उपचार राम्रो हुने आशमा कतिपय व्यक्तिहरु महंगो भनेर नाम कहलिएका नर्भिक, ओम, बि एण्ड बी, ब्लुक्रस, मेडिकेयरलगायतका अस्पतालहरु पुग्नेको संख्या पनि कम चाहिं छैन । तर, महंगो पैसा तिरि बरिष्ठ डाक्टरहरुलाई भेटेर उपचार गर्न पुगेका विरामीहरुमाथि त्यस्तै नाम चलेका अस्पतालहरुले नै गलत गर्दा समस्यामा परेका छन् ।

यसको पछिल्लो उदाहरण बनेको छ नर्भिक अस्पताल । नर्भिकले देब्रे गोडाको अपरेसन गर्नुपर्ने बिरामीको दाहिने गोडाको अपरेसन गरेपछि अस्पतालको लापरबाहिले हद नाघेको प्रष्ट हुन्छ ।
नर्भिकका डाक्टर प्रवीण नेपालको टोलीले चितवनकी बिन्दु पौडेलको उपचारमा लापरवाही गरेको हो । शुक्रबार हिडेरै अस्पताल पुगेकी पौडेलमाथि डाक्टरहरुले लापरवाही गर्दा उनको दुबै गोडाको अप्रेसन गर्नुपर्ने भएको छ । लिगामेन्ट च्यापियर उपचार गर्न अस्पताल पुगेकी पौडेलको एमआरआइ हेरेपछि अस्पतालले अपरेसन गर्नुपर्ने बताएको थियो।
डाक्टरले लापरवाही गरेपछि बिरामीसँग ४ बुँदे सहमति गरेको छ। सहमति पत्रमा भविष्यमा आउने दुइटै गोडाको समस्या र नसाको उपचार निशुल्क गर्ने मन्जुर गरेको छ। त्यस्तै नर्भिकमा उपचार सम्भव नभए अन्य अस्पतालमा तथा विदेशमा लगेर समेत उपचार गराउन अस्पताल मन्जुर भएको छ। उपचारमा संलग्न डा प्रवीण नेपाल र शैलेज रन्जितकारले पनि भुलवश अपरेसन अर्कै गोडामा हुन गएको भन्दै गल्ती स्विकार गरेका छन्।
यसरी भुलबस अर्कै गोडाको अप्रेसन गर्ने डाक्टरहरुको टोलीले भुलबस आन्द्रा काट्नुपर्नेमा नसा काटे के हुन्छ ? त्यो कल्पना पनि गर्न सकिन्न । हुनतः डाक्टरलाई हामी सबै भगवानको रुपमा हेर्ने गर्छौं । कहिले कहिं जान्दा जान्दै र नचाहँदा नचाहँदै पनि गल्ती हुनसक्छ । तर, एउटा गोडाको अप्रेसन गर्नुपर्नेमा अर्को गोडाको गर्नु भनेको चाहिं सारै नै ठूलो गल्ती हो । अप्रेसन गर्ने भनेको जाँच पछिको अन्तिम प्रक्रिया हो ।
 र पनि, सबै फाइल हेर्दा पनि देब्रे र दाहिने छुट्याउन नसक्नु, विरामीसँग कुन गोडामा गाह्रो भएको छ भनेर सोध्न नसक्नु डाक्टरको कतिसम्मको लापरबाहि हो ? के डाक्टहरुले चाहिं जे गर्दा पनि हुन्छ ?
आफूले गलत गरेर अकालमो विरामीको ज्यानै जानै सम्मको हर्कत गर्ने अनि उपचारको क्रममा निधन भयो भनेर पन्छिने अस्पतालको लापरबाहीपन कहिलेसम्म सहने ? यसमा डाक्टर मात्र पनि त दोषी देखिन्न नि । अस्पताल पनि त्यसको उत्तिकै दोषी हो ।


Post a Comment

0 Comments