Subscribe Us

सलमानको कार्यक्रममाथी बिप्लवको धम्की

 काठमाडौं । भारतीय कलाकार सलमान खान सहितको टोली ल्याएर नेपालमा गरिन लागेको  ‘द दबंग टुर“ कार्यक्रमको नेकपा माओवादी बिप्लव समुहले बिरोध गरेको छ । 

माओवादीको विप्लव समूहले मरिदाको प्रवद्र्धनका लागि गरिन लागेको उक्त कार्यक्रम रोक्ने जनाएको छ ।

विप्लव माओवादीको भातृ संगठन अखिल नेपाल जनसाँस्कृतिक महासंघले सोमबार सलमानको कार्यक्रमविरुद्ध औपचारिकरुपमा वक्तव्य जारी गर्ने र त्यो गर्दा पनि कार्यक्रम स्थगित नगरिए आन्दोलनको घोषणा गर्ने जनाएको छ ।

महासंघका महासचिव खेम थपलियाका अनुसार भारतीय कलाकार नेपालमा आएर नेपालीको हितमा नहुने भन्दै महासंघले विरोध गरेको बताए ।

उनले भने नेपाली कलाकारहरुलाई उपेक्षा गरेर विदेशीलाई करोडौं तिरेर उनीहरुको संस्कृतीको नेपालमा प्रचार गर्ने यो महासंघलाई मान्य हुँदैन ।

बहुर्राष्ट्रिय कम्पनी कार्सबर्गको लगानी रहेको गोर्खा ब्रुअरीले आफ्ना उत्पादनको प्रवद्र्धनका लागि सलमान खानसहित आधा जर्दन भारतीय कलाकारलाई ल्याएर टुँडिखेलमा कार्यक्रम आयोजना गर्न लागेको हो । त्यसका लागि उसले सलानलाई मात्रै ११ करोड रुपियाँभन्दा बढि खर्च गर्न लागेको छ ।

विवादास्पद व्यवसायी राजेन्द्र खेतानले देशलाई समेत करोडौं कर नतिर्ने र नेपालमा व्यवसाय गरेको रकमले विदेशी कलाकार ल्याएर करोडौ खर्च गर्ने यो प्रवृतिको महासंघ घोर विरोध गर्दछ महासचिव थपलियाले भने ।

Post a Comment

0 Comments