Subscribe Us

हिमालयन बैंकमा सिईओ राणाको मनपरी,
एसएलसी फेल भएकापनि बैंकका हर्ताकर्ता

काठमाडौं । हिमालयन बैंकका प्रमुख कार्यकारी (सीईओ) अशोक राणाले मनोमानी तरीकाले बैंक सञ्चालन गर्दा बैंकका संस्थापक शेयर धनीबीच विवाद चर्किएको छ । ११.८५ प्रतिशत सेयर हुने खेतान समूहलाई प्रतिनिधित्वबाट अलग गरिएपछि विवाद चर्किएको हो ।

म्युचुअल ट्रेडिङले विशेष साधारणसभाको माग गर्दै निवेदन समेत दिएको छ । तर सिईओ राणाले नियम कानुनको धज्जी उडाउँदै बैंक आफ्नो अनुकलतामा सञ्चालन गर्दै आएका छन् । संस्थापक मध्येबाट सञ्चालकहरू सलिम अम्लारी (हबिव बैंक), सुशील विक्रम थापा (आभा इन्टरनेसनल) र प्रचण्डबहादुर श्रेष्ठ (छाया इन्टरनेसनल) ले प्रतिनिधित्व गरिरहेका छन् । मनोजबहादुर श्रेष्ठ (एन ट्रेडिङ ) सञ्चालक समितिको अध्यक्ष छन् । 

एन ट्रेडिङ र छाया इन्टरनेसनल नरसिंहबहादुर श्रेष्ठको परिवारको हो । अध्यक्ष मनोजबहादुर र सञ्चालक प्रचण्डबहादुर नरसिंहबहादुरका छोरा हुन् । एन ट्रेडिङको १२.७१ प्रतिशत र छाया इन्टरनेसनलको ८.८९ प्रतिशत सेयर छ । आभा इन्टरनेशनल हिमालय शमशेर राणाको हो, जसको ११.३८ प्रतिशत सेयर छ । 

बैंकमा ११.८५ प्रतिशत सेयर रहेको खेतान समूहको म्युचुअल ट्रेडिङलाई प्रतिनिधित्व नगराइएपछि विवाद चर्किएको हो । बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) ले संस्थापक समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व चारबाट तीनमा झारेपछि एकजना संस्थापक समूहका सदस्य बाहिरिनुपर्ने भएपछि विवादको अबस्थामा सिर्जना भएको हो । 

बैंकमा पाकिस्तानको हबिव बैंकको २० प्रतिशत र कर्मचारी सञ्चय कोषको १४ प्रतिशत शेयर छ । उनीहरूको प्रतिनिधित्व बैंक सञ्चालक समितिमा छ । केही अघिसम्म अरूण केसीले सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका थिए । केसीले खेतान समूह छाडेपछि म्युचुअल ट्रेडिङले सञ्चालक समितिबाट उनको मनोनयन फिर्ता गरी प्रसाद ज्ञवालीलाई गत भदौ ८ मा सिफारिस गरेको थियो । ज्ञवालीको नाम बैंकको सञ्चालक समितिमा प्रवेश नगराइएपछि विवाद चर्किएको हो ।

बाफियाले संस्थापक सेयरधनी समूहको सञ्चालक समितिमा प्रतिनिधित्व संख्या चारबाट तीनवटामा घटाइदिएको छ । सञ्चालक समितिमा म्युचुअल ट्रेडिङको मनोनयन गर्न बहालवाला एकजना सञ्चालकलाई हटाउनुपर्ने भएपछि समितिले नयाँ सञ्चालक मनोनयनमा चासो नदिएको हो । बैंकमा ११.५७ प्रतिशत सेयर भएको म्युचुअल ट्रेडिङलाई प्रतिनिधित्वविहीन बनाई ८.८७ प्रतिशत सेयर भएको छाया इन्टरनेसनलको प्रतिनिधित्वलाई निरन्तरता दिइएपछि कम्पनी रजिस्ट्रार कार्यालय र राष्ट्र बैंकमा समेत उजुरी परेको छ । 

बैंकमा २१.६ प्रतिशत सेयर हुने नरसिंहबहादुर श्रेष्ठको परिवारबाट अध्यक्ष र सञ्चालक गरी दुईजनाको प्रतिनिधित्व छ । तर, ११.८५ प्रतिशत सेयर हुने खेतान समूहलाई बाहिर राखिएको छ। बढी सेयर हुँदाहुँदै पनि प्रतिनिधित्वबाट अलग गरिएपछि म्युचुअल ट्रेडिङले विशेष साधारणसभाको माग गरी निवेदन दिएको थियो । 

बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनअनुसार सेयर योगदानमुताविक नयाँ सञ्चालक समिति गठनका लागि उसले विशेष साधारण सभा माग गरेको थियो । बाफियाअनुसार सञ्चालक समिति समायोजन गर्न राष्ट्र बैंकले निर्देशन दिइसकेको छ । तैपनि, सञ्चालक समितिले खेतान समूहको माग सुनुवाइ गरेको छैन ।

हिमालयन बैंकमा लामो समयदेखि अध्यक्ष श्रेष्ठ र सीईओ राणाबीचमा विवाद भएको पिटैदै आएका छन् । विवाद गरिरहे पनि स्वार्थ मिल्दा दुवै एक हुने गर्छन् । सीईओ र सञ्चालक समिति दुवैको पदावधि सकिन लाग्दा दुवैले एकअर्कालाई सघाई पदावधि लम्ब्याएका थिए । 

सन् १९९३ मै स्थापना भएको बैंकले विवादकै कारण अपेक्षित वृद्धि हासिल गर्न सकेको छैन। नाफामा उसलाई नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेस्ट बैंक लगाएतले पछि पारिसकेका छन् । 

Post a Comment

0 Comments