Subscribe Us

इन्काउन्टरबाट यसरी जोगिए पुन

काठमाडौं । विगत दुई वर्षदेखि राजधानीलगायत देशको पश्चिम क्षेत्रमा आतंक मच्चाउँदै आएका सिरियल किलर मनोज पुनः भारतको गोवाबाट पक्रउ परेका छन् ।

चार महिना अगाडि नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यापछि नेपाल प्रहरी उनलाई प्रक्रउ गर्न सक्रियताका साथ खटेको थियो । हत्या, जवर्जस्ती असुली, धम्की दिने काममा संलग्न रहेर आतंक मच्चाउँदै आएका पुनलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी) बाट खटेको प्रहरी निरीक्षक दिपेन्द्र अधिकारीको टोलीले पक्रउ गरेको हो ।

एक साता अघि नै पुन पक्राउ परेको भए पनि उनलाई अझैै नेपाल ल्याइएको छैन । विशेष स्रोतका अनुसार पुनलाई सिमानामा ल्याएर इन्काउन्टर गर्ने योजना थियो । तर, एकाएक समाचार बाहिर आएपछि प्रहरी इन्काउन्टरबाट पछाडि हटेको छ । समिरमान बस्नेत पक्राउ परेको दुई महिना पछि बस्नेतकै पार्टनर पुन अहिले पक्राउ परेका हुन् । तर, प्रहरीले भने यस बारेमा औपचारिक रुपमा जानकारी गराएको छैन । 

पुनलाई कुनै पनि हालतमा नियन्त्रणमा लिन प्रहरीले एक विशेष टोली नै खटाएको थियो । करिव ३ महिनादेखि भारतमा रहेको सिआईवीको टोलीले उनलाई पक्राउ गरेको हो । बुटवलमा यूवा संघका नेताहरुको हत्यामा संलग्न रहेको पुन समूहले काठमाडौंमा बस्नेत समूहसँग मिलेर अध्यक्ष गौचनको हत्या गरेको थियो । 
एक पछि अर्को गर्दै व्यक्ति हत्यामा संलग्न पुनलाई अहिले प्रहरीले पनि सिरियल किलरको रुपमा लिएको छ ।

Post a Comment

0 Comments