Subscribe Us

वीरमा भ्रष्टहरूको गुण्डागर्दी मौलायो

काठमाडौं । वीर अस्पताल र ट्रमा सेन्टरमा अवैध तरिकाले तीनसय भन्दा बढी कर्मचारी नियुक्त गरी अकुत सम्पति कमाएका गिरोहको कारण अस्पतालको व्यस्थापन लथालिङ हुन पुगेको छ । 

नियम कानुनको धज्जि उठाउँदै सर्वोच्च अदालतको परमादेशलाई समेत रद्दिको टोकरीमा फालेर गिरोहले मनपरी  करार नियुक्ति गर्न थालेपछि अस्पतालको व्यस्थापन लथालिङ भएको हो । 

संगठित सरकारी संस्थामा कर्मचारी पदपुर्ती गर्ने अधिकार लोक सेवा आयोगलाई मात्र हुन्छ । तत्काल करारमै नियुक्ती गर्नु परेमा संस्थाको आवश्यकता हेरी लोक सेवा आयोगको निर्णयमा मात्र कर्मचारी नियुक्ति गर्न पाइन्छ । तर वीर अस्पतालमा मनपरीतन्त्र गर्दै आएको समुहले उपकुलपति गणेश गुरूङलाई हातमा लिएर कानुनलाई चुनौति दिँदै आएका छ । 

बैकुण्ठ लुईटेल (मेन्टीनेश सहायक), बिष्णु भूपाल(अहेब), लक्ष्मण अर्याल (मेडीकल तथ्याङ अधिकृत), नवराज धिताल (कार्यालय सहयोगी) को समुहले विगत तीन बर्षदेखि कानुनको धज्जी उठाउँदै अस्पालत र ट्रमा सेन्टरमा मनपरी गर्दै आएका हुन् । 

उनीहरूले औषधिको टेण्डर, पसलवालासँग मासिक असुलीसँगै अपराधीलाई छुटाउन किर्ते कागजातसम्म तयार पार्दै आएका छन् । किर्ते कागजात तयार पारेकै आरोप गत बर्ष नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले पक्राउ गरेका नवराज धिताल पुनः किर्ते कागजात तयार पारेर आपराधिक गिरोहलाई सहयोगमा जुटेका छन् । 

जिल्ला अदालतबाट सफाई पाएपनि पुनराबेदनमा उनीविरूद्ध मुद्दा दायर भई सकेको छ । कानुत दुई तहबाट मुद्दामा सफाई नपाई सरकारी निकायमा हाजिर हुन मिल्दैन । तर जिल्ला अदालतबाट सफाई पाउन साथ धिताललाई उपकुलपति गुरूङले हाजिर गराई सकेका छन् । यस बिषयमा समेत वीरका केही कर्मचारीले सबन्धित निकायमा उजुर गर्ने तयारी गरेका छन् । जबरजस्ती करणी मुद्दाका प्रतिवादीलाई छुटाउन धितालले उक्त समयमा सो व्यक्ति अस्पताल भर्ना भएको किर्ते कागजात तयार पारेको अभियोग लागेको थियो । 

यहि समुह अहिले पसल, व्यापारी र आफूले करारमा जागिर लगाई दिएका कर्मचारीहरूलाई पैसा दिएको कुरा किन सञ्चारमाध्यममा ल्याएको भन्दै थर्काउन थालेको पीडित कर्मचारी र व्यापारीले जनप्रहारलाई बताएका छन् । पैसा तिरेर करारमा जागिर खाएका कर्मचारी अहिले म्याद थप नहुने डरले चिन्तित छन् । 

उता वीर अस्पतालमा हुने हरेक टेण्डरमा यो समुहलाई कमिशन नबुझाई कसैले टेण्डर लिन नसक्ने एक ठेकदारले बताए । टेण्डर परिहाले पनि विभिन्न बहानामा टेण्डर रद्द गराई छाड्ने कारण वीर अस्पतालमा काम गर्न असहज भएको उनको बुझाई थियो । 

यो समुहले वीरअस्पातल अन्र्तगत रहेको ट्रमा सेन्टरमा पनि मनपरि गर्दै आएका छन् । ट्रमा सेन्टरको उपचार नर्सिङ होम भन्दा महङ्गो छ । ट्रमा सेन्टरमा उपचारार्थ बिरामीलाई चाहिने औषधी पनि यिनै भ्रष्ट समूहलाई कमिशन बुझाउनेले खरिद कार्टेलिङ गर्दै आएको छ । 

यो समुहको कारण अस्पातलप्रति सेवा ग्राहीको भरोसा घट्दै गएको छ । यो समुहको अस्पतालमा मनोमानी रहेसम्म अस्पताल र कर्मचारीको मनोबलमा गिरावट आउने निश्चित भएको जेहन्दार कर्मचारीको बुझाई छ । 

Post a Comment

0 Comments