Subscribe Us

सांसद सिलवाललाई फसाउन धानुकको ठाउँमा पोखरेल

काठमाडौं । ललितपूर क्षेत्र नं १ बाट निर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्वडीआईजी नवराज सिलवालविरूद्ध गैर कानुनी तरीकाले अदालतमा मुद्दा पेश गर्न काठमाडौं परिसरका एसएसपी फेरिएको छ । 

गृहमन्त्रालयले आईतबार राती महानगरीय प्रहरी परिसर काठमाडौंैका एसएसपी रवीन्द्र धानुक र मुद्दाका डिएसपी वेल पाण्डेको काज सरूवा गरेको छ ।

एसएसपी धानुकको ठाउँमा महानगरीय आयुक्त कार्यालयमा कार्यरत एसएसपी विश्वराज पोखरेल र मुद्दामा जनसेवा वृत्तका डिएसपी मोहन थापालाई पठाईएको छ । किर्ते काण्डमा स्वयम् मुछिदै आएका एसएसपी पोखरेललाई परिसरको जिम्मा दिएपछि नियतवस सिलवलालाई फसाउन खोजिएको स्पष्ट भएको छ । 

दुई महिनादेखि सिलवालविरूद्ध किर्ते काण्डको फाईल खडा गरेर अदालतमा दर्ता गर्न एसएसपी धानुकलाई प्रधानमन्त्री शेरबहादुर देउवा देखि मुख्यसचिव लोकदर्शन रेग्मी र पूर्वप्रहरी महानिरक्षक उपेन्द्रकान्त अर्यालले दबाब दिँदै आएका थिए । अर्याल भ्रष्टाचार अभियोगमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बयान लिइरहेका पूर्वप्रहरी अधिकारी हुन् । 

एसएसपी धानुकले कानुनी अड्चन देखाउँदै, सिलवालले किर्ते गरेको कहीँ कतैबाट नखुल्ने हुँदा मुद्दा दर्ता हुन नसक्ने जवाफ दिँदै आएका थिए । आईजी प्रकरण मुद्दामा सर्वोच्च अदालतले गोप्य रहने कागजात के कसरी चुहावट भयो, चुहावट गर्नेमा क–कसको हात छ अनुसन्धान गरी दोषी माथि कारवाही गर्न सरकारलाई आदेश दिएको थियो । 

गृहन्त्रालय, लोकसेवा र प्रहरी प्रधान कार्यालयमा सुरक्षित रहने कार्य सम्पादन मुल्यांकन फाइल तीन मध्ये कुन निकायबाट कसरी बाहिरियो भन्ने तिर भईसकेको अनुसन्धानलाई ढाकछोप गरी जबरजस्ती सिलवलालाई मात्र एकल प्रतिवादी कायम गरेर मुद्दा दर्ता गर्ने तयारी गरेको उच्च प्रहरी स्रोतले बताएको छ । 

अनुसन्धानको क्रममा मुख्य सचिव रेग्मी देखि पूर्वआईजी अर्याल, एआईजी वीरेन्द्रबाबु श्रेष्ठ र सोमबारदेखि काठमाडौं परिसरको कमाण्ड सम्हालन पुगेका एसएसपी पोखरेलको समेत बयान भईसकेको छ । प्रहरी अनुसन्धानमा गृहमन्त्रालयबाट लिक भएको खुलासा भएपछि मुख्य सचिव रेग्मीलाई समेत प्रतिवादी कायम गर्ने गरी एसएसपी धानुकले मुद्दा तयार गरेपछि रातारात उनको सरूवा गरिएको हो । 

सिलवाललाई एकल प्रतिवादी कायम गरी मुद्दा चलाउन दिएको गैर कानुनी आदेशको पालना नर्गदा धानुकको सरूवा भएको हो । एससपी धानुक र मुद्दा शाखाका डिएसपी पाण्डेले मुद्दा चलाउने हो भने बयान लिएका सबैलाई प्रतिवादी कायम गर्नु पर्नेमा जोड दिएका थिए । 

तर मुख्यसचिव रेग्मी र प्रधानमन्त्री देउवाले बयान लिएका सबै कागजात हेरफेर गरेर सिलवाललाई मुद्दा चलाउन गत शुक्रबार ठाडो आदेश दिएका थिए । उक्त आदेशको पालना नगर्दा एसएसपी धानुक र डिएसपी पाण्डेलाई काठमाडौं परिसरबाट हटाईएको हो । सरूवाको सुँईको पाएपछि धानुक आइतबारदेखि नै ५ दिनको विदामा छन् । 

कासमु हेरफेर हुँदा एसएसपी पोखरेल प्रहरी प्रधान कार्यालय कर्मचारी शाखाका प्रमुख थिए । प्रहरीमा कासमु सोही शाखाका प्रमुखको नियन्त्रणमा रहने गर्दछ । प्रमुख प्रतिवादी बनाउनुपर्ने पोखरेललाई सरकारले सोही मुद्दाको अनुसन्धान प्रमुख जिम्मेवारी दिँदै काठमाडौं परिसरको जिम्मा लगाएको छ । यसले चोरको हातमा चिट्ठा परेको प्रहरीभित्र चर्चा छ । 


Post a Comment

0 Comments