Subscribe Us

गृहमन्त्रालयको कारण सरकार बिस्तारमा ढिलाई,
भारतिय दुतावासको दबाबमा गृहमन्त्री बन्दै पुन

काठमाडौं । नेकपा एमाले–माओवादी केन्द्रले सत्ता सञ्चालनका भागबन्डा टुंगो लगाएपनि गृहमन्त्रालयको कारण माओबादी केन्द्रमा भने तनाब बढेको छ । 

गृहमा रामबहादुर महरा, बर्षमान पुन र जर्नादन शर्माले दाबी गरेपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यतिखेर तनावमा छन् । 

माओवादीबाट सरकारको नेतृत्व बादलले गर्नेमा सहमति भए पनि गृहमन्त्रीको विवाद भने मिलाउन प्रचण्डलाई गाहो परेको छ । भारतिय दुताबासको दबाबमा प्रचण्ड वर्षमानलाई गृहमन्त्री बनाउने लाईनमा रहेको स्रोतको दाबी छ । तर, पार्टीभित्र प्रदेश सरकारमा समेत बलियो हिस्सा लिन सफल भएका बादलले गृहमन्त्रीको अडान छाडेका छैनन् । उनि कुनै पनि हालतमा गृहमन्त्रालय नछाड्ने अडानमा छन् । 

बादल र वर्षमानको लडाइमा पूर्वगृहमन्त्री जनार्दन शर्माले गृहमा पुनः बाजी मार्ने चर्चा पनि चलेको छ । प्रधानमन्त्री ओलीको चाहना पनि बादल वा वर्षमानभन्दा जनार्दन गृहमन्त्री भइदिए काम गर्न सजिलो हुन्थ्यो भन्ने ढंगले आएको माओवादी हेडक्वार्टर स्रोतले जनाएको छ । तर, प्रचण्ड जनार्दनलाई गृहमन्त्री बनाउन खासै इच्छुक देखिँदैनन् । उता

 राष्ट्रपतिदेखि सभामुखसम्म पदीय भागबन्डा आपसी समझदारीमा टुंग्याइएका हुन् । माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाका अनुसार दुई पार्टीबीच राष्ट्रपतिदेखि सभामुखसम्मको भागबन्डा भइसकेको छ । जस अनुसार राष्ट्रपति एमालेलाई र सभामुख माओवादीले लिने समझदारी भएको बुझिएको छ ।

दुई पार्टी बीच एमालेले राष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रियसभा अध्यक्ष, प्रधानमन्त्रीसहित ११ वटा मन्त्रालय, राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमध्ये २ जना तथा माओवादीले उपराष्ट्रपति, प्रतिनिधिसभा सभामुख, राष्ट्रियसभा उपाध्यक्ष, ७ वटा मन्त्रालय र राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमध्ये १ जना लिने सहमति भएको छ ।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता पछि सत्ता भागवण्डा मिले पनि आन्तरिक व्यवस्थापन भने जटिल बनिरहेको छ । आन्तरिक व्यवस्थापनले अहिले दुवै पार्टी नेतृत्वलाई पिरोलिरहेको अवस्था छ ।

यता, एमालेभित्र आफ्ना भागमा परेको राष्ट्रपति पदमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्‍याउने वा नयाँ पठाउने भन्ने विषयमा विवाद बढेको छ । राष्ट्रपति चुनाव २९ फागुनमा हुँदैछ । प्रधानमन्त्री ओलीले राष्ट्रपतिमा भण्डारीलाई नै दोहोर्‍याउन चाहेका छन् । भण्डारीले पनि दोहोरिने प्रकट÷अप्रकट चाहना राखेकी छन् । तर, एमालेका वरिष्ठ नेता झलनाथ खनालले पनि राष्ट्रपतिमा इच्छा व्यक्त गरेका छन् । उनले आफूलाई पार्टीले राष्ट्रपतिमा पठाए जान इच्छुक रहेको सार्वजनिक अभिव्यक्ति नै दिएका छन् ।

उता, पूर्व सभामुख सुवास नेम्वाङले पनि राष्ट्रपति पदमा आँखा लगाएको बुझिएको छ । सत्ता भागवण्डा मिले पनि कुन पदमा कसलाई पठाउने भन्ने विषयमा भने दुबै पार्टीमा किचलो देखिएको छ । सबै भन्दा बढि विवाद एमालेभित्र अर्थमा र माओवादीभित्र गृहमा देखिएको छ । अर्थमा एमालेका ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, विष्णु पौडेलदेखि सुरेन्द्र पाण्डेसम्मले रुची देखाएका छन् । 

Post a Comment

0 Comments