Subscribe Us

प्रहरी र लुटेरा समूहबीच भिडन्त,
पाँच पक्राउ

धादिङ। धादिङमा चरेश तस्करीको गिरोहलाई पक्राउ गर्ने क्रममा प्रहरी र लुटेरा समूहबीच भिडन्त भएको छ । प्रहरीको कारवाहीमा ४ लुटेरा र १ जना चरेश तस्कर पक्राउ परेका छन् भने केही फरार छन्।
 शनिबार बेलुका ईलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरीक्षक संजय तिमल्सिना नेतृत्वमा खटिएको प्रहरी टोली र चरेस लुटेराहरी वीच भिडन्त भएको हो । चरेश तस्करी हुन लागेको सूचनाका आधारमा पक्राउका लागि प्रहरी टोली पुग्दा उल्टै चरेश तस्करहरुसँग लुटेरा समुहले पैसा उठाउन खोजेपछी दोहोरो भिडन्त भएको प्रहरीले जनाएको छ ।
 प्रहरीले धादिङ गल्छीका श्याम बहादुर तामाङ र बिनोद तामाङलाई तत्काल नियन्त्रणमा लिएको थियो। थप अनुसन्धानको क्रममा बिहान साढे २ बजे चरेश तस्कर र सोही लुटेरा समूहका थप व्यक्तिहरु पक्राउ परेका हुन्।

Post a Comment

0 Comments