Subscribe Us

सरूवाको लिष्ट बोक्दा आइजीलाई झापड

काठमाडौँ । विदा बस्ने तयारी गरेका प्रहरी महानीरिक्षक प्रकाश अर्यालले प्रहरीको सरूवा लिष्ट बोकेर गृहमन्त्रालय पुगेपछि गृहमन्त्री रामबहादुर थापाको हप्की खाएका छन् । 
गृहमन्त्रालयबाट शुक्रबार देखि विदा बस्ने भन्दै सरूवाको सूची लिएर पुगेका प्रहरी महानिरीक्षक प्रकाश अर्याललाई गृहमन्त्री थापाले शुक्रबार नै मन्त्रालय बोलाएर चार घण्टा सचिव र सहसचिवको कार्यकक्षमा थन्क्याएर आफू निस्किएका थिए । 

ठूलो संख्यामा प्रहरी अधिकृतहरू बढुवाको लाइनमा रहेको ५० भन्दा बढी प्रहरी अधिकृतहरू घर जाने लाइनमै रहेको बेला प्रहरी महानीरिक्षकले सरूवा सुची बोकेर मन्त्रालय पुगेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीसँग एकपटक पनि औपचारिक भेट गर्न नपाउदै सरूवा लिष्ट बोकेर गृहमन्त्रालय छिरेका मात्रै थिए गृहमन्त्री रामबहादुर थापा बादलले त्यसलाई ठाडै अस्वीकार गरिदिए । शुक्रबार दिउसो एक कार्यक्रममा गृहमन्त्रालय पुगेका प्रकाश अर्यालले सरूवा सूचि पनि बोकेर गएपछि गृहमन्त्री थापाले अहिले हतार छैन भन्दै फर्काइदिएको मन्त्रालय स्रोतले जनाएको छ । 

प्रकाश अर्याल लगायत १५ एआईजी र ६ जना डिआइजीहरू जागिर खाने दिन अब २२ दिन मात्रै रहेको छ । उनीमात्र होइन उनको समूहका सबैको त्यही २२ दिन नै हो । अवकाशको दिन नजिकिँदै गर्दा प्रहरी महानिरीक्षक अर्यालले लामो समयदेखि रोकिएको सरूवा प्रक्रियालाई सुचारू गर्नका आफना केही आसेपासेको सहित सरूवा लिष्ट तयार गरी गृहमन्त्री रामबहादुर थापासमक्ष पुगेका थिए । तर, मन्त्री थापाले केही दिन पख्नुस् भन्दै आइजिपी अर्याललाई फर्काइदिएका थिए । स्थानीय, प्रदेश र संघको निर्वाचन सम्पन्न भएको झण्डै चार महिना बित्न लाग्दासमेत प्रहरीको सरूवा र बढुवा हुन सकेको छैन । 

जबकि निर्वाचन सकिए लगत्तै प्रहरीको सरूवा गर्ने आन्तरिक नीति नै हो । यसअघि उनी सरूवा गर्न तम्सेका थिएनन । हतरमै मानवस्रोत र कर्मचारी प्रशासन शाखालाई सरूवाको सूची बनाउन लगाएर उनी मन्त्रालय पुगेका हुन् । किनकी निर्वाचनका समयमा कतिपय प्रहरी अधिकृतहरूले आफू नजिक रहेको निश्चित पार्टीको पक्षमा कार्य गर्ने र विवादमा पर्ने गर्दछन् । यस पटक पनि त्यो क्रमले निरन्तरता पायो । निर्वाचन सकिसकेपछि पनि सरूवा हुन सकेन । 

सरकार गठनसँगै सरूवा हुने भनिए पनि त्यो हुन सकेको छैन । प्रधानमन्त्री केपी ओली वर्तमान आइजिपी प्रकाश अर्यालसँग रूष्ट छन् । नवराज सिलवाल प्रकरणमा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र आइजिपी अर्यालले गरेको पदीय दुरूपयोगका कारण पनि ओली देउवासँग मात्रै होइन अर्यालसँग पनि त्यत्तिकै रूष्ट छन् । 

यही कारण पनि अर्यालको कार्यकालमा प्रहरीको सरूवा, बढुवा गर्ने पक्षमा प्रधानमन्त्री ओली नभएका कारण अर्यालले सरूवाको लिष्ट लिएर जाँदा गृहमन्त्री थापाले फर्काइदिएका हुन् । शुक्रबारबाट ६ दिन विदामा बस्ने तयारी गरेका आइजीपी अर्याललाई एक्कासी गृहमन्त्रालयले बोलाएको थियो त्यही मौकामा सरूवा सूची बोकेर पुगेका थिए । लामो समयदेखि प्रहरीमा धेरै पदहरू रिक्त रहेका छन, तर पनि बढुवा हुन सकेको छैन । 

तलदेखि माथिसम्म धेरै पदहरू रिक्त हुँदा पनि बढुवा नभएका कारण प्रहरीमा नैराश्यता त छाएकै छ, क्यारिएर भएका अफिसरहरू बढुवा हुनबाट बन्चित छन् । एसपीसम्मको सरूवा गर्ने अधिकार प्रहरी महानिरीक्षकलाई भए पनि आइजिपी अर्यालले मन्त्री एवम् प्रधानमन्त्रीले सहमति नदिए पनि सरूवा गर्न सक्ने आँट गर्न सकेका छैनन् । 

कानुनले दिएको अधिकारसमेत प्रयोग गर्न नसकेको भन्दै संगठनभित्रै पनि आइजिपी अर्यालको आलोचना हुन थालेको छ । अर्यालले बिदामा बस्ने–नबस्ने अहिलेसम्म कुनै निर्णय गर्न सकेका छैनन् । विगतमा आइजिपी एक महिनाअघि नै बिदा बस्ने प्रचलन थियो । पछिल्ला वर्षहरूमा बिदा बस्ने प्रचलन हटेको छ । 

अर्यालको पनि जागिर अवधि केबल २२ दिनमात्रै रहेका कारण उनले बिदा बस्ने–नबस्ने निर्णय गरिसकेका छैनन् । उनी बिदा बसेका खण्डमा निमित्त आइजिपीको जिम्मा एआइजीमा पहिलो नम्बरमा रहेका बमबहादुर भण्डारीले पाउनेछन् । एक प्रहरी अधिकृतले भने आइजिपी बिदा बसेर भण्डारी निमित्त भएका खण्डमा रोकिएको प्रहरीको सरूवा भने हुनेछ । 

प्रकाश अर्याल विदामा बसेभने सरकारलाई समेत कुनै एक डिआइजीलाई एआइजीमा बढुवा गर्न बाटो खुल्ने भएपनि उनी अटेर गरेर २८ चैत नै कुर्ने अवस्था रहेका छन् । प्रधानमन्त्रीले समेत विफ्रङ नलिएपछि उनी आफैले विदा बस्नुपर्ने बुझ पचाएर मन्त्रालय प्रहरी प्रधानकार्यालय गर्दे बसिरहेका छन् । 

Post a Comment

0 Comments