Subscribe Us

ओलीको सहर, राजा भेट्ने लहर

काठमाडौं । राजनीति भनेकै अचम्मका भेट र दाउपेचको जालझेल हो । प्रधानमन्त्री केपी शर्मा ओली आफैंपनि राजाप्रति लोयल छन् । 

राष्ट्रपतिले त छोरीको विहेमा डाकिन्, नातिको ब्रतबन्धमा पुगेर फेरि भेटने भाका राखिन् । यसै बेला राजा ज्ञानेन्द्र शाह प्रधानमन्त्री ओलीको सहर झापाको दमकमा पुगे । जहाँ उनले ओलीलाई समर्थन गरेका राप्रपाका विभिन्न तह र तप्काका नेताको लहर नै लाग्यो ।

दमकमा हिमालयन टि गार्डेन ज्ञानेन्द्रको लगानीमा रहेको चिया वगान भनिन्छ । सोही वगानमा राप्रपाका विभिन्न तहका नेता भेटका लागि पुगेका थिए ।  २० फागुनदेखि झापाको दमकस्थित हिमालयन टि स्टेट गार्डेनमा रहेका ज्ञानेन्द्रसँग राप्रपाको तर्फबाट उपाध्यक्ष बुद्धिमान तामाङ, केन्द्रीय सदस्यद्वय भाष्कर भद्रा र प्रल्हाद शाह (विराटनगर) सहभागी थिए ।

राप्रपा (प्रजातान्त्रिक) बाट महामन्त्री राजाराम श्रेष्ठ र केन्द्रीय सदस्यद्वय सगुन लावती र सुरेश आचार्य थिए । डा प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राप्रपा (राष्ट्रवादी) का डा सुष्मा आचार्य, केशव श्रेष्ठ र ताराप्रसाद लुइँटेलपनि सहभागी रहेको स्रोतले बतायो ।
गत निर्वाचनमा पराजय बेहोरेका तीनै राप्रपाका नेताहरू यतिबेला पार्टी एकताको प्रयासमा छन्। यस्तो बेला नौ नेताहरूले झापा पुगेर पूर्वराजासँग गरिएको भेट अर्थपूर्ण मानिएको छ । केही समयअघि भारत पुगेर आएका राजासँग राजनीतिक कुराकानी भएको बताइएको छ ।

देशमा संघीय प्रणाली कार्यान्वयनको प्रक्रियामा ओली सरकार अग्रसर भएका बेला ज्ञानेन्द्रले इतिहासलाई नामेट गर्न नसकिने बताइसकेका छन् । उनमा यो प्रक्रिया नै असफल हुने आत्मविश्वास पनि पाएको उच्च स्रोतले जनायो । राजनीतिक दलहरूले गरेको समझदारीलाई विर्सिएकोप्रति आक्रोश भाव राखेका ज्ञानेन्द्रले विदेशी शक्तिले नै यो प्रक्रियालाई खण्डित गरी नयाँ व्यवस्थाका रूपमा संवैधानिक राजतन्त्र स्थापना गर्ने संकेत दिएका थिए । उनले यस प्रक्रियाका लागि भारत सक्रिय रहेको पनि इङ्गीत गरेको उच्च स्रोतको दाबी छ । 


Post a Comment

0 Comments