Subscribe Us

बुलेटप्रूफ ज्याकेटमा डन शेर्पा

काठमाडौं । आफ्ना कामले निम्त्याउने संकटसँग कसलाई पो डर लाग्दैन र ? राम्रै गरेपनि डराउने कम छैनन् ।

धर्म ग्रन्थमा नै उल्लेख छ आफ्ना सुविधाका लागि सृष्टि गरिएका दानव भष्मासुरसँग महादेव डराएर भाग्नुपरेको थियो । मान्छेलाई त किन नहुनु ? यहि नियति अहिले डनलाई पनि परेको छ । 

एक ताकाका चर्चीत गुण्डा नाईके काजी शेर्पा अहिले ज्यान जोगाउन बुलेटप्रुफ ज्याकेटको साहारा लिने गरेका छन् । प्रहरी ईन्काउन्टर र आफ्ना दुश्मनबाट बच्न कुनै पनि समय आफूमाथि हमला हुन सक्ने आशंका गर्दै उनले बुलेटप्रूफ ज्याकेटको प्रयोग गर्ने गरेको उनी निकट बताउँछन् ।

एक दशक देखि प्रहरी र सेनामा रासनदेखि लत्ताकपडा सप्लाई गर्दै आएका शेर्पा ठेक्कापट्टामा समेत रामै जमेका छन् । गुण्डागर्दीको आडमै ठेक्कापट्टामा जमेका शेपा पछिल्लो समय लेनादेनाको बिबादकै कारण प्रहरी हिरासत सम्म पुग्दै आएका छन् । 

प्रहरीसँग भन्दा पुराना आफ्नै समुहबाट बिच्किएका केही समुहबाट खतराको संकेत पाएपछि शेर्पाले बुलेटपू्रफ ज्याकेट लगाउने गरेको उनी निकट एक व्यक्तिले जनप्रहारलाई बताए । शेर्पाले एक दशक अगाडीसम्म प्रहरी ईन्काउन्टरमा मारिएका घैंटे भनिने कुमार श्रेष्ठ र हाल नख्खु कारागारमा रहेका अर्का गुण्डा नाईके समिरमान बस्नेतलाई हात लिएर काठमाडौंमा गुण्डागर्दी गर्थे ।

शेर्पालाई अहिले त्यहि समुहबाट खतरा बढेको स्रोतको दाबी छ । घैंटे ईन्काउन्टरमा मारिएपछि, भारतको बिभिन्न ठाँउमा बसेर गुण्डागर्दी गर्दै आएका बस्नेतलाई तीन महिना अगाडी नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी) ले पक्राउ गरेको थियो । 

निमार्ण व्यवसायी शरदकुमार गौचन हत्यासहति आधा दर्जन अभियोग लागेका बस्नेत हाल मुद्दा पुर्पक्षको लागी कारागारमा छन् । घैंटे ईन्काउन्टर पश्चात कुनै शहयोग नगरेको भन्दै बस्नेतले शेर्पालाई धम्क्याए पश्चात शेर्पाले बुलेटपु्रफ ज्याकेट लगाउन थालेको स्रोतको दाबी छ । 

डलर देखाएर लुट्ने धन्दाका जन्मदादा शेर्पा गुण्डा नाईके हुँदै अहिले चल्तीका ठेकदारका रूपमा चिनिन्छन् । अहिले पनि उनले ठेक्का हत्याउन गुण्डागर्दी कै शैली अपनाउने गरेको निमार्ण व्यवसायीहरू बताउँछन् । 


Post a Comment

0 Comments