Subscribe Us

कार्यगत एकता प्रथमिकतामा : बस्नेत

काठमाडौं । शैक्षिक परामर्श प्रदान गर्दै आएका एजुकेशन कन्सलटेन्सीहरुको छाता संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आगामी बैशाख ८ गते नयाँ नेतृत्वको लागि निर्वाचन हुँदै छ । दुई वर्षे कार्यकालका लागि हुने निर्वाचमा अघिल्ला वर्षहरु झैं यस वर्ष पनि अध्यक्ष पदका लागि दुई समूहबीच भिडन्त हुने निश्चित छ । नेट्कोटेक टेक्नोलोजी प्रालिका प्रमुख कार्यकारी निर्देशक तथा इक्यानका पूर्व उपाध्यक्ष सरोजकुमार बस्नेतले अध्यक्ष पदमा उम्मेदवारी दिने को घोषणा गरेका छन् भने वर्तमान उपाध्यक्ष विष्णुहरी पाण्डेले पनि उम्मेदवारी दिने तयारी गरेका छन् । आफू नेतृत्वमा नहुँदा व्यवसायीहरुको हितमा गर्न खोजेका कामहरु गर्न नसकिएको भन्दै इक्यानको नेतृत्व लिन चाहेको बस्नेत बताउँछन् ।

नयाँ नेतृत्वको लागि हुने निर्वाचनमा बस्नेतको समूहबाट उपाध्यक्षमा राजेन्द्र रिजाल, निरज सिटौला (भुपेन्द्र), महेशबाबु तिमिल्सिना र महासचिवमा वर्तमान महासचिव सन्तोष प्याकुरेलले उम्मेदवारी दिंदैछन् । 

पछिल्लो समय त इक्यानभित्र राजनीति हावी भइरेको छ नि भन्ने प्रश्नमा अध्यक्षका प्रत्यासी बस्नेत भन्छन्–‘इक्यान विशुद्ध व्यवसायीक संस्था हो, यहाँ कुनै पनि प्रकारको राजनीति हुँदैन र हुन दिनु हुन्न । सबै व्यवसायीहरुलाई समेटेर अगाडि बढ्छु ।’
विगत १५ वर्षदेखि कन्सलटेन्सी क्षेत्रमा आवद्ध बस्नेतलाई इक्यानका अधिकांश सदस्यहरुको साथ रहेको छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म पनि इक्यानको पहुँच पु¥याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बस्नेत बताउँछन् । व्यवसायिक हितका लागि काम गर्ने उनको पहिलो उद्देश्य रहेको छ । 

बस्नेत ‘२४ महिना २४ काम, सहि नेतृत्व साझा इक्यान’ भन्ने अभियान नै बनाएर चुनावी मैदामा आएका छन् । अनुभवी, सरल, विश्वाशिलो र धेरै व्यवसायीहरुको मन मस्तिष्कमा बस्न सफल बस्नेतले यस पटक भने इक्यानको नेतृत्व लिने पक्का पक्की जस्तै छ ।

शैक्षिक परामर्श व्यवसायीक क्षेत्रमा अर्थ न्यायीक स्वायत्त संस्था बनाउनु पर्ने आवश्यकता महसुस भएको छ । यस क्षेत्रलाई अर्थ न्यायीक स्वायत्त संस्था (परिषद्) बनाउन सकेको खण्डमा यो क्षेत्र अझै व्यवस्थित, मर्यादित, व्यवसायी सुरक्षित हुने र अभिभावक तथा विद्यार्थीलगायत सुरक्षित हुने हुँदा बस्नेतले अबको कार्यकालमा सम्बन्धित निकायहरुसँग छलफल चलाएर न्यायीक स्वायत्त संस्था बनाउन पहलीकदम चलाउने बताएका छन् ।

इक्यानको कार्यसमितिमा रहेर काम गरेको अनुभव भएका बस्नेतले अहिले भने साथीहरुको सहयोग र सल्लाहमा नै नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् । उनले व्यक्तिगत तर्फबाट चुनावी तयारी पनि तिब्र रुपमा गरिरहेको बताएका छन् । 

बस्नेतले आफूले नेतृत्व पाएको खण्डमा एउटै उद्देश्य बोकेका अन्य संस्थाहरुसँग पनि कार्यगत एकता गर्न पहल गर्ने बताएका छन् ।

Post a Comment

0 Comments