Subscribe Us

गुण्डा नाइके चक्रेका सहयोगी आशिष पक्राउ

काठमाडौं । गुण्डा नाइके’ चक्रे मिलनका मुख्य सहयोगी  आशिष गुरुङ पक्राउ परेका छन्। महानगरिय प्रहरी परिसरको टोलीले गुरुङलाई पक्राउ गरेको हो । फसेको रकम उठाइदिने भन्दै पीडितको रकम लिएर बेपत्ता भएका गुरुङलाई प्रहरीले बिहिबार साँझ काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो।
पक्राउ परेका गुरुङलाई सार्वजनिक अपराधमा मुद्दा दायर गरी अनुसन्धान अघि बढाइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिएका छन् । गुरुङले फसेको रकम उठाइदिने भन्दै सम्झना नकर्मीबाट ५० हजार लिएका थिए।

प्रवक्ता थापाका अनुसार नकर्मीलाई कविता थापा, अनिता शाही, र बबिता शाक्यले ८ लाखको रकम नभएको चेक दिएका थिए।उक्त रकम उठाइदिने भन्दै गुरुङले रकम लिएपछि काम नगरेको भन्दै पीडितले उजुरी गरेपछि उनलाई पक्राउ गरिएको प्रवक्ता थापाले जनाए। गुरुङ महाराजगञ्जलाई आधार क्षेत्र बनाएर हप्ता असुली र गुण्डागर्दीमा संलग्न थिए । 

Post a Comment

0 Comments