Subscribe Us

विप्लवलाई हप्ता बुझाउन नसक्दा सलमानको कार्यक्रम रोकियो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी विप्लव समुहले पाँच करोड डिमाण्ड गरेपछि   बलिउड अभिनेता सलमान खानसहितको टोलीको कार्यक्रम रोकिएको छ । 

१२ करोड खर्च गरेर सलमानसहितको टोलीलाई नेपाल ल्याउने तयारी ओडीसी इन्टरनेशन कम्पनीले गरेको थियो । तयारीका लागि एक महिना अघि सलमानका कान्छा भाई सोहिल खान काठमाडौं आएका थिए । 

आयोजक ओडीसी इन्टरनेशनलसँग विप्लव माओवादीले करोडौं रुपैंयाँ कमिशन मागेको उच्च स्रोतको दाबी छ । उक्त कमिशन रकम ओडीसीले दिन नसक्ने भएपछि विप्लव माओवादीले कार्यक्रम गर्न नदिने, विथोल्ने प्रचारबाजी गरेको थियो । यसलाई आयोजकले सुरक्षाको कारण भनेको छ । 

सैनिक मञ्च टुँडिखेलमा हुन लागेको कार्यक्रमका लागि नेपाली सेनाले नै सुरक्षा दिने हुँदा त्यति समस्या नभएपनि कमिशन मागेकै कारणले कार्यक्रम रोकिएको स्रोतको दाबी छ । ‘सबै तयारी पुरा भएको थियो । लगभग कार्यक्रम निश्चितजस्तो बनिसकेको थियो । व्यापार भन्दा बढि कमिशनको माग भएपछि कार्यक्रम रोकिएको हो’, स्रोतले भन्यो,‘सलमानको टिमले पनि यो कार्यक्रममा सुरक्षाको विषयमा चासो राख्यो, विप्लव माओवादीको धम्कीको कुरा आएपछि स्थगन भएको हो ।’ 

१० मार्चका लागि सलमानको समय काठमाडौं तय भएको थियो । टिकटहरू धमाधम विक्रि भइसकेका थिए । प्रायोजकहरूसँग गरिएको सम्झौता के गर्ने ? सलमान तथा कलाकारहरूले लिएको रकम के गर्ने ? लगायतका प्रश्नबाट ओडीसीका प्रमुख सीमान्त गुरूङलाई तनाव समेत भएको छ । आयोजकले पनि सुरक्षाको कारण देखाएको छ । उक्त कार्यक्रमका लागि ५ हजार टिकट विक्रि भइसकेका थिए ।  

खासमा ओडीडी इन्टरनेशनल सानो कम्पनी होइन । नेपालमा हालसम्मकै ठूलो कन्सर्ट ‘ब्रायन याडम्स लाइन इन नेपाल’को आयोजना यसै संस्थाले गरेको थियो । विप्लव माओवादीले रक्सीको विज्ञापन गर्नको लागि सलमान ल्याउन लागेको भन्दै कार्यक्रमको विरोध गर्न थालेको थियो । 

कार्यक्रममा अवरोध पु¥याउन भन्दै उक्त समूहले प्रेस विज्ञप्ती नै जारी गरेर कार्यक्रम गर्न नदिने भनेपछि भारतीय मिडियाहरूले ‘सलमानलाई नेपालमा हुने कार्यक्रममा असुरक्षा’ भनेर समाचार प्रकाशित गरेपछि सलमान आफै नै पछि हटेको जनाइएको छ । 


Post a Comment

0 Comments