Subscribe Us

दयाहाङ र सुरक्षाको यस्तो रोमान्स(भिडियो सहित)

काठमाडौं । रिलिजको तयारीमा रहेको चलचित्र ‘भैरे’ को दोस्रो गीत सार्वजनिक भएको छ ।  राजधानीमा एक कार्यक्रमकाबीच दयाहाङ राई र सुरक्षा पन्त फिचरिङ ‘सनम मायालु’बोलको गीत सार्वजनिक गरिएको हो । एभरेष्ट सूर्य बोहराको शब्द रहेको गीतमा यम बरालले संगीत भरेका छन् । 
यम र अञ्जु पन्तको स्वर गीतमा सुन्न सकिन्छ । गीतले प्रेमभाव बोल्छ । भिडियोमा दया र सुरक्षाको केमेष्ट्री कमालको देखिएको छ । कोरियोग्राफर बसन्त श्रेष्ठले भेषभुषामा विशेष ध्यान दिएका छन् । गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेता दयाहाङले सन्चो नभएको अवस्थामा पनि ‘भैरे’ मा काम गरेको स्मरण गरे । उनले भने, ‘मलाई नाच्न भनेपछि ज्वरो आउँछ । तर यस गीतमा म आफैं देखिनु पर्ने भएका कारण आफ्नो तर्फबाट गर्न सक्ने प्रयास गरेको छु ।’

यस्तै, अभिनेत्री सुरक्षा भन्छिन्, ‘दया दाईसँग नाच्न पाउँदा म फुरुङ्ग थिएँ । यसैले पनि हुनुसक्छ नाच्दा खेरि म नभर्स पनि भएँ ।’ फिल्ममा विक्रान्त बस्नेत, बुद्धि तामाङ, वर्षा सिवाकोटी, सुनिल थापा, अनुभव रेग्मी, कञ्चन ठकुरी, अंकित पौडेल, सयाहाङ राई, जान्वी बोहरा, जयनन्द लामा, सुरविर पण्डित, अर्जुन गुरुङ लगायतका कलाकारहरुको पनि अभिनय छ ।

Post a Comment

0 Comments