Subscribe Us

गरिबको पसिनामा होली खेल्दै भीएलएन र जिएसजी

काठमाडौं । रोजगारीका लागि मलेसिया जाने नेपाली कामदारहरूलाई विभिन्न गिरोह निर्वाद रूपमा ठगीरहेका छन् । मलेसियामा पछिल्लो समयमा बायोमेट्र«ीक मेडिकल माइग्राम्स, वन स्टप सेन्टर (भीएलएन नेपाल), आइएससी (जिएसजी) नामक संस्थाले खुले आम गरिब नेपाली कामदारको रगत र पसिनामा होली खेली रहेका छन् ।

मलेसियाको अल्ट्रा किनारा एसडिएम बिएचडी नामक कम्पनीले नेपालको वभि लुर नेगारा (भिएलएन)संस्था सँग २०७० सात कात्तिक ८ गते कामदारको प्रवेशाज्ञा प्राप्ति प्रक्रिया गर्ने सम्झौता मार्फत अवैधानिक रूपमा कामदारसँग रकम असुली गरीरहेको छ । यस अघि मलेसिया जाने कामदारले प्रवेशाज्ञा मार्फत ७ सय रूपैयाँ मात्रै तिर्ने गरकोमा सो सम्झौता पश्चात तीन हजार नौ सय तिर्नु परेको छ । 

बिगत एक बर्षदेखि मलेसियामा जाने नेपाली कामदारहरूबाट एक निजी कम्पनीले अवैधानिक रूपमा प्रति कामदार तीन हजार दुुई सय रूपैयाँ अतिरिक्त रूपमा उठाइरहदाँ कोही कसैको पनि ध्यान पुग्न सकेको छैन । र त्यो संस्था भिएलएन नेपाल, र त्यहाँका अध्यक्ष राम श्रेष्ठ हुन् । उनी हामेष्टमुन ट्राभल र वाइड स्पेस ओभरसिजका संचालक समेत हुन् । उनले हाल वैदेशिक रोजगारका विषयमा समय समयमा उफ्रने संस्था र श्रम तथा रोजगार मन्त्रालय, वैदेशिक रोजगार विभाग लगायतका कार्यालयका सबै अधिकारीहरूलाई औंलाको इसारामा घुमाइरहेका छन् । 

जसका कारण उनलाई दीन दुई गुणा रात चौगुणा ठग्न कसैले रोकेको छैन । अहिले दैनिक झन्डै १७ सय युवा रोजगारिका लागि विदेश जाने गरेको छन् । त्यसको ६० प्रतिशत नेपाली युवा अझै पनि मलेसिया जाने गरेको विभिन्न अध्ययनले देखाउने गरेको छ । यसर्थ श्रेष्ठको कम्पनीले दैनिक १५, १६ लाख रूपैयाँ उठाउने गरेको छ । 

भिएलएनको गतिबिधि प्रति शंका गर्दै यसअघि श्रम, पराराष्ट्र मन्त्रालयदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छानविन गरेपनि त्यो केवल देखावटी मात्र भएको छ । छानविन गर्न आउने कर्मचारीको मुखमा बुजो लगाउने काम मात्र भएको छ । गरिब नेपाली युवा ठगिने क्रम रोकिएको छैन । 

यसैगरी नेपाली युवा ठग्ने अर्को कम्पनी हो आइएसी । यो कम्पनी २०७३ भदौ ३० गतेदेखि नै माहाराजगञ्जमा कार्यलय स्थापना गरी कामदारको औँठाछाप लिँदै ठग्दै आएको छ । यसले प्रति कमदार तीन हजार २०० रूपैयाँ असुलिरहेको छ । मेनपावर व्यवसायी गोविन्द थपलियाले यस्तो ठगी धन्दा चलाइरहेका छन् ।

अरूले विदेशमा कामदार पठाएर ठगी गर्ने गरेपनि कोशी इन्टरनेशनल मेनपावरका सञ्चालक थपलिया त नेपालमा नै बसेर दैनिक लाखौ रूपैयाँ ठगी रहेका छन् । ठगी गर्नेलाई अली अली डर भनेको प्रहरी प्रशासनको हो । उनी आफै पूर्व प्रहरी अधिकृत हुन् । पूर्व प्रहरी भएका कारण कताबाट सेटिङ मिलाउँदा कति पचाउन सकिन्छ भन्नेमा उनी पूर्ण जानका रहेका छन् । जसका कारण उनलाई दैनिक १६ लाख रूपैयाँ भन्दा बढी सहजै असु्ली हुँदै आएको छ । कोही कसैले रोक्न खोजे, पैसाको बिटो देखाएर गरिब युवालाई फँसाउने गरेको स्रोतको दाबी छ । 

यता नेपाल स्वास्थ्य व्यवसायी महासंघको नाममा वायोमेट्रिक प्रणालीको स्वास्थ्य परीक्षणले कामदार लुटनेक्रम रोकिएको छैन । ३२ सय रूपैयाँमा स्वास्थ्य परीक्षण भइरहेको समयमा वायोमेट्रिक मेडिकल गर्ने नाममा ४५ सय रूपैँया प्रति कामदार उठाइरहेका ३८ वटा मेडिकल संस्थालाई कोही कसैले रोक्न सकेका छैनन् । 

रोक्नका लागि पहिला त स्वाथ्य व्यवसायी महासंघका अध्यक्ष कैलाश खड्कालाई रोक्नुपर्ने भए पनि उनले विभिन्न राजनीतिक शक्तिको आड भरोसा लिने गरेका छन् । उनले श्रम मन्त्रालय, स्वास्थ्य मन्त्रालयका कर्मचारीलाई सेटिङ मिलाएका छन् । भिएलएनका राम श्रेष्ठ सिएसजीका गोविन्द थपलिया र वायोमेट्रिकका कैलाश खड्काले मलेसिया जाने कामदारसँग लाखौं ठगीरहेको गुनासो पनि आउने गरेको छ । 

Post a Comment

0 Comments