Subscribe Us

धुर्मुसले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने, कप्तान भन्छन्–‘हामी साथमा छौं’

काठमाडौं । २०७२ सालको भूकम्पपछि विभिन्न स्थानमा आवास निर्माण गरेर  भूकम्प पीडितहरुको घाउमा मल्हम लगाउँदै आएका हास्य कलाकार एवं सामाजिक अभियन्ता सिताराम कट्टेल धुर्मुसले फेरि पनि सरकारले गर्नु पर्ने काम आफै गर्ने भनेर घोषणा गरेका छन् । भूकम्प पनि पनि सरकारले नै गर्न नसकेको काम गरेर वाहिवाहि कमएका धुर्मुसले अहिले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने घोषणा गरेर खेलप्रेमी मात्र नभई स्वदेशी तथा विदेशीको मन जित्न सफल भएका छन् । 

भूकम्पपिछि ४ वटा नमूना बस्ती निर्माण गरेर हस्तान्तरण गरिसकेको धुर्मुस सुन्तली फाउन्डेशनले फेसबुकमा स्टाटस लेख्दै रंगशाला निर्माण गर्ने जानकारी दिएको छ। फाउन्डेशनलाई ‘नमूना नेपाल’ निर्माणको समयमा नै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको आवश्यकता भएको बताउँदै जनस्तरले बनाउन सुझाव दिएको थियो। हाल निर्माण गर्ने भनिएको रंगशालाका लागि फाउन्डेशनले सहयोगको पनि आह्वान गरेको छ।

धुर्मुसले लेखेका छन्, ‘नेपालको क्रिकेटले अन्तर्राष्ट्रिय जगतमा देशको शिर ठाडो बनाएर हरेक नेपालीलाई खुसी दिलाउने मात्र नभई देशकै गरिमा उच्च राख्ने काम गरेको छ। यो अभियान धुर्मुस सुन्तली फाउण्डेशनको मात्रै नभई राष्ट्रकै अभियान हो।’

उनका अनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विश्वभरीबाट खेलका पारखीहरू अनि खेलाडीहरू नेपाल भित्रिँदा देशलाई महत्वपूर्ण आर्थिक लाभ पनि हुन्छ।

यसैबीच राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले धुर्मुसको घोषणा स्वागत योग्य भएको बताएको प्रतिक्रिया दिएका छन् । उनले रंगशाला निर्माणका लागि आफूहरुले धुर्मुसलाई हर पाइलामा साथ दिने पनि उल्लेख गरे ।

Post a Comment

0 Comments