Subscribe Us

आईजीमा खनालद्वय,
आज निर्णय हने

काठमाडौं । सेवा अवधिका कारण नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखको अनिवार्य अवकाशसँगै नयाँ आईजी बनाउने तयारी सरकारले थालेको छ ।

यहि २८ चैतबाट नेपाल प्रहरीका प्रकाश अर्याल र सशस्त्रका सिंहबहादुर श्रेष्ठ अवकाश हुने भएपछि सरकारले नयाँ आईजी नियुक्ती गर्न गृहकार्य थालेको हो । 

स्रोतका अनुसार आज आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएर प्रधानमन्त्री वलीले दुवै संगठनमा नयाँ आईजी नियुक्ती गर्दै छन् । सरकारले दुवै संगठनको आईजीपी नियुक्तीमा संगठनमा निभाएको भूमिकालाई मूल्याङ्कन गर्दै त्यसकै आधारमा आईजी नियुक्ती गर्न खोजको छ । 

‘गत बर्ष जस्तो आईजी नियुक्तिमा प्रधानमन्त्री विवादमा आउन चाँहादैनन्’, सरकारका एक सचिवले भने,‘ पहिलो नम्बरका नै आईजीपीमा नियुक्ति हुन्छन् ।’ पहिलो नम्बरमा नेपाल प्रहरी तर्फ सर्वेन्द्र खनाल र सशस्त्र तिर शैलेन्द्र खनाल छन् । सशस्त्रमा खनाल २२ महिना अगाडी बढुवा भएका एआईजी हुन् । 

खनालको बढुवा भएको एक बर्ष पछि मात्र पुष्पराम केसी र नारायणबाबु थापाको बढुवा भएको थियो । केसी र थापाको कार्यसम्पादन मूल्याङकनको फारम एक बर्ष नभई भर्न नपाईने हुँदा एआईजी खनाल स्वतः आईजीका एक्ला दाबेदार हुन् । यता नेपाल प्रहरी तर्फ एसएसपीमा चर्चीत काम गरेर एक नम्बरमा बढुवा हुन सफल भएका डिआईजी खनाल नै आईजी हुने निश्चित भएको स्रोतको दाबी छ ।

Post a Comment

0 Comments