Subscribe Us

कसको संरक्षणमा राज गर्दै छन् नागराज ?

दुई बर्ष यता सट्टेबाजीको बिषयमा प्रहरीले बिषेश चासो राख्न थालेपछि माफियाले भाइबर, इन्टरनेटका अन्य उपकरणहरू तथा गोप्य व्यक्तिमार्फत जुवा खेलाउँदै आएका छन्

बालुवाटार प्रधानमन्त्री कार्यालय पछाडि एक रोपनी जग्गाको घडेरी लगायत अन्य ठाँउमा करोडौ रूपैंयाको सम्पत्ती नागराजले जोडेका छन्

काठमाडौं । भारतमा हुने इंडियन प्रिमियर लिग (आइपीएल) खेलमा अर्बै रूपैंयाको जुवा हुदै आएको छ । जुन जुवालाई बुकी अर्थात सट्टेबाजीको नामले नामाकरण गरिएको छ । 

भारतमा हुने उक्त आईपीएलमा बाजी थाप्ने नेपालीको जमात पनि बढ्दै गएको छ । स्रोतका अनुसार आइपीइलमा हुने सट्टेबाजी नेपालबाट मात्रै बार्षिक ५ अर्ब रूपैंया बिदेशिने गरेको छ ।  स्रोतका अनुसार प्रत्येक खेलमा राखिने सट्टेबाजीमानेपाली रूपैंया भारत जाने गरेको छ । 

बुकी आइपीएलका नाममा हुने जुवा अथवा सट्टेबाजी हो । यस्तो सट्टेबाजीका लागि भारतीय एक गिरोहका सदस्य नागराज नामले कुख्यात अमित अग्रवाल नेपालमा सक्रिय रहेका छन् । दुई बर्ष अगाडी नागराजको बिषयमा यसै साप्ताहिकबाट समाचार प्रकाशित भएपछि उनको चरित्र सतहमा आएको थियो । 

तत्कालिन समयमा महानगरीय अपराध महाशाखाका एसएसपी हालका प्रहरी आईजीपी सर्वेन्द्र खनाल नागराजको बिषयमा प्रमाण संङ्कलन गर्न लागेपछि उनी भागेर गोवाबाट धन्दा चलाइरहेका थिए । खनालको सरूवापछि उनी नेपाल छिरेका थिए । अहिले उनै खनाल नेपाल प्रहरीका आईजीपी भएका छन् । 

अन्डरवल्र्ड डन दाउद इब्राहिमले सुरू गरेको सट्टेबाजीको नेपालका प्रमुख एजेन्ट नागराज भएको जानकारहरू बताउँछन् । दुई बर्ष यता सट्टेबाजीको बिषयमा प्रहरीले बिषेश चासो राख्न थालेपछि माफियाले भाइबर, इन्टरनेटका अन्य उपकरणहरू तथा गोप्य व्यक्तिमार्फत जुवा खेलाउँदै आएका छन् । 

नेपालमा सट्टेबाजीकै लागि कम्तिमा पनि ५ सय भन्दा बढि व्यक्ति परिचालित रहेको स्रोतले जनाएको छ । काठमाडौं, वीरगञ्ज, बुटवल, भैरवा, नेपालगंज, चितवन, मोरङ, बिराटनगर सट्टेबाजीको मुख्य बजार हो । यो खेलमा ‘५ हजारदेखि ५ करोडसम्मको सट्टेबाजी हुँदै आएको छ । अहिले गोप्यताको आधारमा यो कामले निरन्तरता पाएको छ,’ स्रोतले भन्यो, ‘सट्टेबाजी गराउन ५ सय माफीया नेपालका बिभिन्न सहरमा सक्रिय छन् ।’ जसलाई नागराजले परिचालन गर्दै आएका छन् । 

‘कसले सञ्चालन गर्छ भन्ने तथ्य थाहा नपाएपनि प्रत्येक खेलमा ३० देखि ४० हजारसम्म लगानी गर्छु कुनैमा जितिन्छ कुनैमा हारिन्छ ।’, सट्टेबाजीमा सहभागी एक युवाले भने, ‘यस्तो खेलको भने हामीले दिन मिल्दैन । इन्टरनेट, एसएमएस र फोनका माध्यमले पनि सट्टेबाजीको खेल हुन्छ । यसमा सबैभन्दा बढि विश्वास राख्नुपर्ने भएकाले सर्त पनि विश्वासका आधारमा नै तय हुन्छ ।’

को हुन् नागराज ?
सट्टेबाजीका लागि नेपालमा सञ्जाल विस्तार नागराज उपनामले चिनिने व्यक्तिको नाम हो, अमित अग्रवाल । उनी केही महिनादेखि भारतको गोवामा लुक्दै आएका थिए । अनाधिकृत रूपमा रकम जम्मा गरी भारतीय बजारमा र्पुयाउने नागराजको अन्य कुनै व्यापार व्यावसाय छैन । माहाराजगञ्ज, बाँसबारीमा उनको घर रहेको छ । 

बालुवाटार प्रधानमन्त्री कार्यालय पछाडि एक रोपनी जग्गाको घडेरी लगायत अन्य ठाँउमा करोडौ रूपैंयाको सम्पत्ती नागराजले जोडेका छन् । प्रहरीको निशानाबाट बच्न नागराजले जुवाको सिस्टम नै चेन्ज गरेका छन् । अहिले उनले आफ्नै एकाउन्ट खोलेर जुवा खेलाउन थालेका छन् । ‘जुन बाहिर लिक हुँदैन, प्रहरीले पक्राउ गरीहाले पनि प्रमाण हात लाग्न सम्भव छैन,’ स्रोतले भन्यो । जसमा उनले खेल हेरेर ३ देखि ५ प्रतिशत कमिशन पाउने गरेको स्रोत बताउँछन् । जसमा वार्षिक नागराजले १५ करोड माथि कुम्ल्याउने गरेको स्रोत बताउँछ ।

नेपालमा बुकी खेलाउने मध्ये नागराज अग्रस्थानमा छन् भने सेण्ठी भन्ने राकेश अग्रवाल, रमेश अयोग्य नेपालका प्रमूख बुकीका एजेन्ट हुन् । यी सबै भारतीय नागरिक हुन् । क्यासिनोमा बसेर जुवा खेलाउँदै आएका माफियामाथि प्रहरीले निगरानी राख्न थालेपनि अहिले घरबाटै जुवा खेलाउदै आएका छन् ।

Post a Comment

0 Comments