Subscribe Us

पहिलो पटक प्रहरीले पक्राउ गर्योः डन मनाङ्गे

काठमाडौं । कुख्यात गुण्डा नाईके राजिब गुरुङ उफ दिपक मनाङ्गेले आफूलाई  पहिलो पटक प्रहरीले पक्राउ गरेको दाबी गरेका छन् । 

तिन दिन अगाडी महानगरीय प्रहरी परिसरको बिषेश टोलीबाट पक्राउ परेका गुण्डा नाईके मनाङ्गेले प्रहरीले पटक पटक हिरासतमा लिएपनि यसपाली भने पक्राउ नै गरेको दाबी गरेका हुन । 

यस अघि प्रहरीले मलाई घरमा बसिरहको अस्थामा, रेष्टुरेन्टमा खाईरहेको बेलामा या फोन गरेरे बोलाएर हातमा हतकडी लगाउँदै आएको थियो ।

 तर यस पटक भने म लुकेकै ठाँउमा हतकडी लगाउन सफल भएको भन्दै मनाङ्गेले आफू निकटलाई कारागारमा बताउन थालेका छन् । कारागारमा उनको दैनिक अहिले आफूलाई पक्राउ गर्न आएका  परिसरका सई दिपेन्द्र चन्दको बखान गर्दै बित्न थालेको छ । त्यो सई डिएसपी भई सक्यो भन ठानेको थिई तर सई नै रैछ, यो मूलकमा काम गर्नेको मूल्याङकनै छैन भन्दै मनाङ्गे अहिले आफूलाई कारागारमा भेट्न आउने सँग गफ चुट्न थालेका छन् । 

मनाङ्गेलाई महानगरीय प्रहरी परिसरको बिषेश टोलीले बुधवार साझ स्वयंभु तिनधाराबाट पक्राउ गरेको थियो । उनि मनाङको प्रदेशसभा ‘ख’ बाट निर्वाचित सांसद समेत हुन । २०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्धामा मनाङ्गेलाई पाँच बर्ष कैद सजाय तोकेको थियो । तर,लामो समय गुपचुप रहेको फैसला पाँच बर्षपछि गत माघ २ गते सार्वजनिक भएपछि मनाङ्गेको पछाडी प्रहरी लागेको थियो । 

Post a Comment

0 Comments