Subscribe Us

अमेरीका जाने सपनाले डुब्ने भो घरबास,
यसरी भयो हिरासतको बास

काठमाडौं । अमेरीका जान नक्कली कागजात पेश गरेको आरोपमा एक महिला सहित ४ जना महानगरीय अपराध महाशाखाको फन्दामा परेका छन् । 

अमेरिकी डिभी परेको एक युवकसँग बिवाह गरेको नक्कली कागजात र फोटो  भिषा आबेदनमा पेश गरेपछि उनिहरु महाशाखाको फन्दामा परेका हुन । 

फन्दामा पर्नेमा काठमाडौं विशालनगर बस्ने सरु खड्का, विवेक कार्की, विवेक नेपाल र  रेशम केसी रहेका छन् ।  

बिशालनगर बस्ने कार्की र नेपालले आफ्ना साथी केसीलाई डिभी परेको भन्दै पैसा खर्ज गरे सरुलाई अमेरीका पठाउन सक्ने भन्दै सरुको आमालाई प्रलोभनमा पारेको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । 

त्यसको लागी दलालको रुपमा देखीएका कार्की र नेपालले ३१ लाख रुपैंया लिएको समेत महाशाखाले खुलाएको छ ।  नक्कली विवाह दर्ता गरेर डिपेन्डेन्ट भिसामा अमेरिका जान खोज्दा खड्काको परिवार अहिले संकटमा परेको छ। सरुलाई प्रहरीले पक्राउ गरेको छ भने डिपेन्डेन्ट भिसाका लागि घर बन्धकी राखेर बुझाएको ३१ लाख रुपैयाँ समेत डुब्ने खतरा बढेको छ । 
 घर बैंकका राखेर छोरीलाई अमेरिका पठाउन पैसा निकालेकी  समेत प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । 

रेशम र सरुको उमेरमा अन्तर देखिएपछि दूतावासका कर्मचारीले शंका  गरी प्रहरीलाई खबर गरेको थियो । प्रहरीको अनुसन्धान पश्चात नक्कली कागजात पेश गरेको पाईएको हो । उनीहरुविरुद्ध सरकारी छाप तथा दस्तखत कीर्ते मुद्दामा कारबाही हुने महाशाखाले जनाएको छ । यसै बिच महाशाखाले ३६ हजार अमेरिकन डलर सहित झापाका राजेश अग्रवाललाई पनि पक्राउ गरेको छ । 

Post a Comment

0 Comments