Subscribe Us

संगठनका किरा हराउँछन्ः आईजीपी खनाल

चितवन । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालले प्रहरीभित्र रहेका किराहरु अब संगठनमा नअट्ने बताएका छन् । 

संगठन भित्र अझै पनि केहि नालायकहरु किराको रूपमा रहेको स्वीकार्दै उनले भने– “‘केहि किरा छन् ति किरालाई फाल्नुपर्छ ।‘ अब यस्ता किराहरु संगठनमा अट्दैनन् ।’ 

जिल्ला प्रहरी कार्यालय चितवनको आज निरीक्षण गर्दै महानिरीक्षक खनालले भने–‘आचारण, व्यवहार राम्रो हुनुपर्छ, कुरा ईथिकल गर्नुपर्छ, अन्य अपराधी, तस्कर, फटाहा जालीलाई कडा कावाही गनुर्पछ ।’

उनले भने, ‘केहि कामहरुको जनताले अनुभूति गरिसकेका छन् । अब हाम्रो प्रथामिकता अपराध नियन्त्रण गर्ने नै हो ।’ प्रहरी प्रमुख खनालले केही नालायक सदस्यहरुले गरेका अपराध कर्मलाई लिएर पुरै प्रहरी संगठनसँग जोड्न नमिल्ने बताए । राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने र नराम्रो काम गर्नेलाई दण्डित गर्ने भन्दै उनले भने– ‘संगठनमा केही त्यस्ता केही किराहरु हुन्छन् । त्यसलाई फाल्नुपर्छ ।’

प्रहरी ऐन र संघिय प्रहरी ऐन आईसकेपछि प्रहरी संरचना थप बजबुत बन्ने उनले दावी पनि गरे । उनले ऐनका लागि कमिटी गठन भई कार्यविधि तयार भईरहेको समेत जानकारी गराए । ठाउँ–ठाउँमा प्रहरीको माग भएको भन्दै कमी भएको प्रहरी जनशक्तिलाई समेत मौजुदा प्रहरीबाट प्रभावकारी काम देखिने गरि आउने समेत दावी गरेका छन् । महिला हिंसालाई नियन्त्रण र प्रविधि मैत्री प्रहरी बनाउन पनि आफु लागि परेको उनले बताए । आईजीपी खनालले चितवनका प्रहरीहरुलाई निर्देशन दिदै जनमैत्री प्रहरी प्रसाशन भई काम गर्न निर्देशन समेत दिए ।

Post a Comment

0 Comments