Subscribe Us

सुनकाण्डमा बयान दिन आएका डीएसपी राउत गृह मन्त्रालयबाटै बेपत्ता

काठमाडौं ।  यतिबेला ३३ किलो सुनकाण्डले खुवै चर्चा पाएको छ । पूर्व प्रहरी महानिरीक्षक समेत त्यसमा तानिने भएपछि योे घटन झन रहस्यमय बन्दै गएको छ । तीन जनाको मृत्यु भइसकेको यो काण्डमा बहालवाला धेरै प्रहरी अधिकृतरु पनि तानिएका छन् । गृह मन्त्रालय आफैले छानविन समिती गठन गरेर त्यसको अनुसन्धान गरिरहेको छ । 
सोही अनुरुप आज गृहमा बयान दिन आएका नेपाल प्रहरीका एक डीएसपी मन्त्रालयबाटै बेपत्ता भएका छन् । सनम शाक्य मृत्यु प्रकरणसँग जोडिएर आएको ३३ किलो सुन प्रकरणमा मुछिएका डीएसपी सञ्जय राउत प्रहरीलाई झुक्काउँदै फरार भएका हुन् । उनी इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख थिए ।

एक वर्ष अगाडि त्रिभुवन विमानस्थलमा कार्यरत रहेका उनी मंगलबार बिहान बयान दिन गृह मन्त्रालय पुगेका थिए । तर, सुनकाण्डको छानबिन गर्न गठित छानबिन सकितिले बयानपछि आफूलाई पक्राउ गर्ने डरले डीएसपी राउत फरार भएको हुनसक्ने गृहस्रोतले जनाएको छ । गृह स्रोतका अनुसार डीएसपी राउतको खोजीमा उपत्यकामा प्रहरी परिचालन गरिएको छ ।  

Post a Comment

0 Comments