Subscribe Us

टेबलटेनिशमा गौतमको मनोमानी

काठमाडौं । टेबल टेनिशका मुख्य प्रशिक्षक शंकर गौतमले आफ्नो पद र जिम्मेबारीको दुरूपयोग गरेको खुलासा भएको छ । नियमलाई धोती लगाउँदै भ्रष्टाचार र पदका लागि जे पनि गर्न गौतम उद्दत रहेको खुलेको छ । 

यसको उदाहरण तीन महिना अघि उनले लैनचौरमा गराएको ३९ औं राष्ट्रिय टेबलटेनिश प्रतियोगितामा देखियो । टेबलटेनिशको अन्तर्राष्ट्रिय नियमले हाफ पाइन्ट र टिसर्टमा खेलाडीलाई उपस्थित हुन अनिवार्य गरे पनि उनले बलमिच्याइँका आधारमा फूलपाइन्ट र विजोडी टिसर्ट लगाएर खेलाडीलाई उतारेका थिए । अहिलेसम्म राष्ट्रिय प्रतियोगितामा यस्तो दुर्गती नभएको खेलप्रेमी बताउँछन् । 

यतिमात्र होइन, उनले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिवलाई पुरस्कार र तक्मा मात्र बाँड्न लगाएर गुमराहमा राखेका छन् । राष्ट्रिय खेलाडीले खेल खेलेको हो की होइन भन्ने पनि हेक्का नराखी प्रतियोगिता गराउँदा राम्रो खाना खुवाएनन् भने खेलाडी भत्ता पनि आफैं झ्वाम पारे । राष्ट्रिय खेलकुद परिसद्बाट आएको ७० वटा खेलाडीको पोशाक (ट्याक) पनि महासचिव गौतमले बितरण नगरी आफूखुशि मनोमानी गरेको आरोप लागेको छ । 

परिषद्ले दिएको १० लाख र स्पोन्सरको ५ लाख आए पनि प्रतियोगितामा आधा पैसा समेत खर्च नगरेका गौतमको लालसा यतिमा सीमित रहेन । उनी लैनचौर कार्यालय भन्दा बढि तीनवटा विद्यालयमा व्यस्त हुने गरेका छन् । उनको गल्तीका बारेमा खेलाडीले गुनासो गरेको अथवा कम्प्लेन गरेको खण्डमा करिअर नै ध्वस्त पारिदिने धम्की दिएर उम्किने गरेका छन् । सबैभन्दा बढि विदेश भ्रमणमा समेत परेका उनको सदस्यसचिव विष्टसँग पनि मिलोमतो रहेको बताइन्छ । 

Post a Comment

0 Comments