Subscribe Us

नयाँ एसपीलाई गुण्डा स्कटिङ,
पोखरामा अपराध बढ्ने खतरा

कास्की। हालै मात्र सरुवा भएर कास्की अाईपुगेका नयाँ प्रहरी प्रमुख एसपी ओम राना सुरुमै बिबादमा मुछिएका छन्। 
सरुवा भए लगत्तै तीन दिन अगाडि पोखरा आएर उनी कास्कीको प्रहरी गणमा बसेका थिए। लामालाई कास्की आएकै दिन  पोखरा बिमानस्थलमा लेखनाथको अापराधिक समुहले स्कटिङ गरी बैदाम सम्म पुर्याएको स्रोतले वतायो। 
 प्रहरी स्रोतका अनुसार रानालाई लेखनाथ र त्यस आसपासको क्षेत्रमा जग्गा प्लटिङ गर्ने ब्यापारीहरुलाई हतियार देखाएर रकम असुल्दै आएको लक्ष्मण छन्त्यालको  समुहले १० वटा गाडीहरुबाट स्कटिङ गरेको थियो। छन्त्यालको समुहसँग बसे पछि एसपी रानाले एलजी समुहका महेन्द्र गुरुङ 'भोटे'लाई भेटेका थिए । 
 हिजो मात्र पोखरामा प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले प्रहरीलाई कुनै पनि अपराधिक गिरोहसगँ साँठगाँठ गरेको पाएमा तत्कालै कार्वाही हुने बताएका थिए  । तर, सुरुमै गुण्डा समुहसँग हात मिलाउन पुगेका यि एसपी अब सुध्रने अवस्थामा नरहेको उनकै गतिबिधीले देखाएको छ।  रानालाई रसुवाको डीएसपी हुँदा रक्तचन्दन तस्करी गरेको आरोपमा अवधि पुग्नुअघि नै तानिएको थियो । गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले छानबिन समिति नै बनाएका थिए । 
 उनी जहा गयो त्यही बद्ननाम हुने प्रहरी अधिकारी हुन । अपराध महाशाखामा बस्दा रानाले लुटेरा समुहसँग पैसा खाएर बद्ननामी कमाएका थिए । कास्कीमा नौ महिना छँदा एसपी अशोक सिंहले गुण्डा समुहका आपराधिक गतिबिधीलाई निस्तेज परेका थिए। तर अब एसपी रानाले सुरुवातमै गुण्डा समुहसँग हात मिलाएपछी पोखरामा सुरक्षा अवस्था कमजोर हुने त्रास बढेको छ। एसपी राना गृहमन्त्री राम बहादुर थापाका  छोरा प्रतीक थापाको सेटिङमा कास्की पुगेका हुन । उनी आईतवार मात्र कास्कीमा हाजिर भएका छन्  ।    
 

Post a Comment

0 Comments