Subscribe Us

व्राण्डेड गुण्डा छन्त्यालले गरे एसपी राणालाई पोखरामा यसरी स्वागत

पोखरा । पोखरामा आइतबार भएको क्षेत्रीय भेलामा नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनालले आपराधिक समुहसँग साँठगाँठ गरे कारबाहीको भागिदार बन्नु पर्ने भन्दै प्रहरी कर्मचारीलाई सचेत गराएका थिए । भेलामा आईजी खनालले भाषण गरिरहँदा गत साता कास्की जिल्ला प्रमुखको रुपमा सरुवा भएका एसपी ओम राणा भने जिल्लाका गुण्डाका नाईके र तिनका सदस्यसँग एक रेष्टुरेन्टमा डबल ब्ल्याक खाई रहेका थिए । 

शुक्रबार नै पोखराको विमानस्थल उत्रेका एसपी राणालाई लिन पोखराको कुख्यात गुण्डा नाईके महेन्द्र गुरुङ भन्ने महेन्द्र भोटे र धनबहादुर छन्त्याल उर्फ लक्ष्मणको समुह दश वटा गाडी लिएर विमानस्थल पुगेका थिए । विमानस्थलमा एसपी राणालाई गुण्डाको समुहले खादा लगाएर स्वागत गरेको स्रोत बताउँछ । पोखरामा सौखिन गुण्डाका रुपमा चिनिएका लक्ष्मण हलिउडका नायक भन्दा कम छैनन् । उनको स्टाईल, लगाई र सौख असामान्य रहको उनको फेसबुक प्रोफाईलले पुष्टि गर्छ । 

जिउभर ट्रयाटुु, व्राण्डेड कपडा, अण्डर ग्राउण्ड जुत्ता उनको सौख पुरा गर्ने केही समाग्री हुन् । पोखाराको एक हाउजिङ कम्पनीलाई पाँच करोड फिरौंती मागेका भिआईपी गुण्डा धनबहादुर छन्त्याल उर्फ लक्ष्मणलाई कास्की प्रहरीले दुई बर्ष अगाडी पक्राउ गरेको थियो । हाउजिङ व्यापारी तथा रुपाकोट होटलका सञ्चालक पुष्पराज अधिकारीसँग लक्ष्मणले पोखरामा व्यापार गर्नु छ भने ५ करोड दिन भनेका थिए । लक्ष्मण लागूऔषध मुद्दामा केन्द्रीय कारागार सुनधारामा रहेका अर्का गुण्डाका नाईके विक्रम लामाका पार्टनर हुन् । 

बिक्रम लामा चार बर्ष अगाडी काठमाडौंबाट ३० ग्राम लागू औंषधसहित पक्राउ परेका थिए । दुई बर्ष अगाडी व्यापारीलाई कुटपिट गरी बन्दुक देखाउदै पाँच करोड पैसा नदिए ज्यान मार्ने धम्की दिएपछि अधिकारी प्रहरीको शरणमा पुगेका थिए । प्रहरीले खोजी सुरु गरेपछि फरार भई काठमाडौं आएका लक्ष्मणलाई काठमाडौं प्रहरीको सहयोगमा पुरानो बानेश्वरबाट पक्राउ गरी पोखरा लगिएको थियो । पोखरा लगेपछि उनको घर खान तलासी गर्दा हतियार समेत बरामद भएको थियो । 

राजनीतिक आवरणमा व्यापारीसँग असुली गरेको आरोप समेत छन्त्याल माथि छ । यसअघि छन्त्याल हातहतियार मुद्दामा ८ महिना जेल बसेर छुटेका अभियुक्त पनि हुन् । पोखराका डन विक्रम लामाको समूहमा आबद्ध लक्ष्मणले लामा लागूऔषध मुद्दा जेल चलान भएपछि असुली धन्दा सञ्चालन गर्दै आएको उनीनिकट स्रोत बताउँछ । यस्ता आपराधिक समुहसँग एसपी राणाको हिमचिमले पोखरा गुण्डामय बन्ने खतरा बढेको छ । राना रसुवाको डीएसपी हुँदा रक्तचन्दन तस्करी गरेको आरोपमा तानिएका थिए । तत्कालिन समयमा गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले राणाविरुद्ध छानविन समिति नै बनाएका थिए । 

उनी जहाँ गयो त्यही बद्नाम हुँदै आएका प्रहरी अधिकारी हुन् । अपराध महाशाखामा बस्दा रानाले लुटेरा समुहसँग पैसा खाएर बद्नामी कमाएका थिए । कास्कीमा नौ महिना छँदा एसपी अशोक सिंहले गुण्डा समुहका आपराधिक गतिविधीलाई निस्तेज पारेका थिए । तर अब एसपी रानाले सुरुवातमै गुण्डा समुहसँग हात मिलाएपछी पोखरामा सुरक्षा अवस्था कमजोर हुने त्रास बढेको छ । एसपी राना गृहमन्त्री रामबहादुर थापाका  छोरा प्रतीक थापाको सेटिङमा कास्की पुगेका हुन् । उनी आईतबार मात्र कास्कीमा हाजिर भएका छन्  । 

Post a Comment

0 Comments