Subscribe Us

यी हुन् आईजिपीले भनेका किरा,
जसले चोरीको सेल्टर चलाउले गिरोहबाट रकम असुल्छन्

चितवन । सर्वेन्द्र खनाल प्रहरी महानिरिक्षक (आईजिपी) बनेपछी केही दिन अघि चितवनमा निरिक्षणका क्रममा प्रहरी संगठनमा रहेका भ्रष्ट किराहरूलाई सखाप पार्ने घोषणा गरे । 
आईजिपी खनालले किराहरूलाई ठेगान लगाउने बताइरहँदा चितवन प्रहरीका प्रमुख एसपी दिपक थापा भने आईजीपीको निर्देशनलाई मजाकको रूपमा लिएर असुली धन्धालाई अझै तिव्रता दिन थालेका छन् । 

यिनै थापा अहिले कर्मचारी प्रशासनमा सरूवा हुँदैछु भन्दै हिँडेका पनि छन् ।  एसपी  थापालाई गोरू निकासी गर्नेहरू, कुखुराको मासुका कारोबारी, काठ तस्करी गर्नेदेखि ट्रान्सपोर्ट कम्पनी र गेष्ट हाउसबाट मासिक रकम असुल्दै आएको आरोप लाग्ने गरेको छ । थापाले चितवन आउनासाथ चोरी गाडी र मोटरसाईकलको तस्करी गर्ने गिरोहलाई कानुनी कठघरामा उभ्याउने वताएका थिए । 

एसपी थापाले चोरी गाडीका पाटपुर्जा सहित पक्राउ गरेका फडिन्द्र भण्डारी नामका चोरका नाइकेसँग उठबस गरेर लाखौं कमाइसकेका छन् । यतिसम्म कि थापाले संरक्षण दिएका चोरीका गिरोहका नाइके मिलन भन्ने धनबहादुर योञ्जनलाई गत साता काठमाडौंबाट खटिएको प्रहरीले २० लाख भन्दा बढी पर्ने चोरीका मोटरसाइकलसहित भरतपुरबाट पक्राउ गरेको थियो ।

यो घटनाबाट पुष्टि हुन्छ कि चोरी गिरोहको सेल्टर चितवन हो र एसपी थापाले गिरोहलाई संरक्षण दिइरहेका छन् । थापाले फडिन्द्र भण्डारी, दीपेन्द्र श्रेष्ठ दिपुु र योञ्जनको समुहबाट मासिक पाँच लाख रकम असुल्दै आएको चितवन प्रहरी स्रोतले दाबी गरेको छ । भण्डारी, श्रेष्ठ र योञ्जनको काम नै भारतबाट भन्सार छलेर चोरीका मोटरसाइकल नेपालमा ल्याउने र नक्कली  बिलबुक बनाउएर बिक्री गर्ने हो । यो समुहले चोरी गाडीका पाटपुर्जा समेत नेपाल ल्याएर बिक्री गर्दै आएको छ । 

चितवनमा जुवाखाल प्रहरी संरक्षणमै सञ्चालन भएको छ । भरतपुर हाइट स्थित थकाली भान्छा घरमा अहिले पनि जुवा खाल पुन सञ्चालनमा रहेको बुझिएको छ । क्षेत्रपुरस्थित सुगम पियाको पुरानो घरमा समेत अहिले पनि जुवाखाल सञ्चालन भईरहेको छ । त्यति मात्र होइन जिल्लामा एक दर्जनको हाराहारीमा जुवाखाल सञ्चालन भईरहे पनि प्रहरी प्रशासन तमासे बस्नुले प्रहरी प्रशासनकै संरक्षणमा जुवाखाल मौलाएको प्रष्ट हुन्छ  ।


Post a Comment

0 Comments