Subscribe Us

‘विवादास्पद’ डिएसपीका कारण बढुवामा विवाद

काठमाडौं । एक साता अगाडी हुन लागेको एसपी बढुवा सिफारिस पावरवालाको कारण ढिला भएको छ । रिक्त २८ एसपीमा ४८ डिएसपीको प्रतिस्पर्धा हुँदा बढुवा सिफारिसमा समस्या भएको हो ।

 कार्य दक्षता र मूल्याङ्कनमा पछाडी रहेका केही डिएसपीहरूले पावरको दुरुप्रयोग गर्न थालेपछि बढुवा सिफारिस गर्न आईजी सर्वेन्द्र खनाललाई कठिन भएको स्रोतको दाबी छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीको सुरक्षामा खटिएका डिएसपी सानुराम भट्टराई, रवी पौडेल, कृष्णबहादुर पल्लीमगर लगायत एक दर्जन डीएसपीकै कारण बढुवा प्रक्रिया लम्बिएको स्रोतको दाबी छ । चितवन स्थाई घर भएका डिएसपी रवी पौडेल अहिले क्षत्रीय नारा लगाएर १ नम्बरमा बढुवा हुन नेकपा अध्यक्ष पुष्पकमल दाहल (प्रचण्ड) को शरणमा पुगेका छन् । चितवनमा लामो समय बसेका डिएसपी प्रहरी संगठनमा बिबादास्पद प्रहरी अधिकृतका रुपमा चिनिन्छन् ।

रेणु दाहल र प्रचण्डलाईलाई चुुनावमा जिताउन आफ्नो महत्वपूर्ण भूमिका रहेका भन्दै डिएसपी पौडेल अहिले प्रचण्डको शरणमा छन् । उता डिएसपी भट्टराई प्रधानमन्त्री केपी शर्मा ओलीको पीएसओ बसेकै कारण एक नम्बरमा बढुवा हुन खोज्दै छन् । स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयबाट भट्टराई र गृहमन्त्री रामबहादुर थापाका निकटस्थ केही बीचौलियाले कृष्णबहादुर पल्ली मगरहरूको नाममा अडान लिएका कारण एसपी बढुवामा आईजी खनाल तनावमा छन् । 

२०६७ पुस २३ मा डीएसपी बढुवा भएका ५४ मध्ये ६ जना अवकाश भइसकेका छन् भने केही अवकाशको मुखमा छन् । यो समूहका डीएसपीहरूमा गंगा पन्त, सविन प्रधान, विश्व अधिकारी, सोमेन्द्रसिंह राठौर, दीपकराज खरेल, शेखर खनाल, दीपशमशेर जबरा, भूपेन्द्रबहादुर खत्री, रमेशकुमार बस्नेत, प्रवीण पोखरेल, अभिनारायण काफ्ले, आभूषण तिम्सिना, ओमप्रसाद अधिकारी, बेलबहादुर पाण्डे, मुकुन्द मरासिनी, वसन्त रजौरे, श्यामकृष्ण अधिकारी अग्रस्थानमा छन् । अग्रस्थानमा रहेका डिएसपी मध्ये गंगा पन्त, सोमेन्द्रसिंह राठौर, दिपकराज खरेल, शेखर खनाल, प्रवीण पोखरेल, आभूषण तिम्सिना, ओमप्रसाद अधिकारी बेलबहादुर पाण्डे व्यवसायिक प्रहरी अधिकृतका रुपमा चिनिन्छन् । 

त्यसैगरी यसै समूहबाट एसपी बढुवा हुने डीएसपीहरूमा केदार खनाल, विश्वमणि पोखरेल, रामप्रकाश साह, भीमबहादुर दाहाल, दिनेशराज मैनाली, गोपालचन्द्र भट्टराई, गोविन्द अधिकारी, तलबहादुर कार्की, रविन्द्र रेग्मी, वीरबहादुर ओली, प्रज्वल महर्जन, अच्यूत पुडासैनी, नवीन राई, राजीव बस्नेत, रविकुमार पौडेल, विनोद सिलवाल, विमल कँडेल, नान्तीराज गुरुङ लगायत छन् । 

Post a Comment

0 Comments