Subscribe Us

दरबारमार्ग सामूहिक बलात्कार काण्डः शैलेश जेल चलान गौतम फरार

 काठमाडौं । होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कार काण्डका प्रमुख अभियुक्त शैलेश कार्की जेल चालन भएका छन् । 

कार्कीलाई जिल्ला अदालत, काठमाडौंका न्यायाधिश भिष्मराज प्रसाईँको इजालसले मुद्दा पुर्पक्ष गर्दै थुनामा राख्ने आदेश दिए संगै उनलाई जेल चलान गरिएको हो ।  

चार महिनाअघि राजधानीको दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा शैलेश सहित अन्य तिन जनाले एक युवतीको सामुहिक बलात्कार गरेका थिए ।  अन्य फरार भएपनि पक्राउ परेका कार्कीलाई अदालतको आदेश पछि केन्द्रीय कारागार, सुन्धारामा पठाइएको छ । 

घटनामा संलग्न अन्य प्रतिवादीहरु विकास गौतम, दिपक श्रेष्ठ र रवी पौडेल अझै फरार छन् । उनीहरुलाई फरार प्रतिवादी बनाएरै मुद्दा दायर गरिएको थियो । स्रोतका अनुसार सेटिङमा आएका शैलेश अपराधको जिम्मा लिएर जेल चलन भएसँगै अन्य प्रतिबादी अदालत हाजिर हुने तयारीमा छन् । 

Post a Comment

0 Comments