Subscribe Us

सुन तस्करी प्रकरण,
दोस्रो चरणको अनुसन्धानमा तानिदै छन यि हस्ती

काठमाडौं । ३३ केजी सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा चुडामणि उप्रेती ‘गोरे’लाई मुख्य अभियुक्त बनाएर पूर्व डिआइजी, बहालवाला एसएसपी, एसपी र डिएसपीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएसँगै छानविन समितीले दोस्रो चरणको अनुसन्धानको लागि तयारी थालेको छ ।

पूर्व डिआइजी गोविन्दप्रसाद निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी सञ्जय राउत, डिएसपी प्रजित केसी, सई बालकृष्ण सञ्जेल, जवान विष्णु खड्कासहित सुन व्यापारी, विमान कम्पनीका कर्मचारीलाई संगठित अपराधमा प्रतिवादी बनाइएको छ ।
 स्रोतका अनुसार सुनकाण्ड र शाक्य हत्या प्रकरणमा तत्कालीन आइजी प्रकाश अर्याल र तत्कालीन कामु आइजीपीको भूमिकामा रहेका पुर्व एआइजी बमबहादुर भण्डारी माथि समेत अनुसन्धान आवश्यक रहेको भन्दै बिशेष अनुसन्धान टोलीले जिल्ला सरकारी वकिलको कार्यालय मोरङमा प्रस्तावित राय पेश गरेको छ ।
सरकारले गठन गरेको गृहमन्त्रालयका सहसचिव इश्वर पौडेलको विशेष अनुसन्धान टोलीले सुन तस्करी र शाक्य हत्या प्रकरणमा २९ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो । नियन्त्रणमा लिइएका र फरार रहेका व्यक्तिलाई प्रतिवादी बनाई मुद्दा दर्ता गरिएको छ ।
 घटनाका मुख्य अभियुक्त गोरे, एसएसपी श्याम खत्री लगायत फरार छन् । डिएसपी केसी र सई सन्जेललाई विराटनगर पठाउने र घटनाको कमाण्ड गरेका अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी लोहनीले गोरेसँग दुई करोड बार्गेनिङ गरेको समाचार बाहिर आएपछि आफुले अभियुक्त पक्राउ गर्न बार्गेनिङको नाटक गरेको जस्तो कुतर्क गरेर उनी उम्कने दाउमा थिए ।
 लोहनीकै निर्देशनमा डिएसपी केसी सनमको लाश छोडेर धरानमा एक घण्टा हराएपछि गोरे र लोहनीबीच भएको दुई करोडको आर्थिक डिल मिलेको र गोरेले पैसाको व्यबस्थापन पनि गरेको अनुसन्धान स्रोतको भनाई छ । स्रोतका अनुसार आर्थिक डिल र सनमको लाश व्यबस्थान गर्ने सहमति भएपछि एसएसपी लोहनीले महाशाखाकै सई गजेन्द्र रावलको एक छुट्टै टोली गठन गरेर गोरेको इन्काउन्टर गर्न खोजेका थिए ।
गोरे पक्राउ परेको खण्डमा आर्थिक डिल र पैशाको कुरासहित सबै पोल खुल्ने डरले लोहनीले गोरेको इन्काउन्टर गर्ने योजना बनाएको स्रोतले उल्लेख ग- यो । तर, सर्वेन्द्र खनाल आईजीपी बनेपछि लोहनीको योजना हावा खायो र अन्ततः उनी नै जेलमा बास बस्नु प-यो । लोहनीले आफ्नो कार्यक्षेत्र बाहिर गएर आफूले रिपोटिङ गर्नुपर्ने तत्कालिन एआईजी जयबहादुर चन्दलाई जानकारी नै नगराई सिधै तत्कालिन आईजीपी प्रकाश अर्याललाई रिपोटिङ गरेर गोरेसँग कुरा गरेका थिए ।
 यस बारेमा पूर्व एआईजी चन्द भन्छन्–‘यस्तो गम्भिर प्रकृतिको आपराधिक घटनामा पैसाको डिल गरेर अभियुक्त पक्राउ गर्नु पर्ने भए आईजीपी मात्र होइन, गृहमन्त्रीलाई पनि जानकारी गराउनु पथ्र्यो । तर, मलाई बाइपास गरी सिधै आईजीपीलाई रिपोटिङ गरेर यसरी काम गर्नु नै गलत उद्देश्य राखेको देखियो । जुन प्रहरी संगठनका लागि घातक सिद्ध भयो ।’ गम्भिर प्रकृतिको यस्तो मुद्दा सिधै केन्द्रिय अनुसन्धान व्यूरो (सिआईबी) मा पठाउनु पर्नेमा एसएसपी लोहनीले तत्कालिन आईजीपी अर्यालसँग सेटिङ गरी चलखेल गरेका थिए । यसरी प्रहरीको चेन अफ कमाण्ड विपरित काम गरी करोडौं कमाउन खोज्दा लोहनी नै जेलको चिसोमा बस्नु परेको छ । 
गोरेसँग पूर्व आईजिपी प्रकाश अर्यालको राम्रो सम्बन्ध रहेको थियो । अर्याललाई नै फोन गरी गोरेले सनम शाक्यको लाश व्यबस्थान गराउने प्रयास गरेका थिए । अर्यालसँग गोरेको दुईतर्फी सम्पर्क नै देखिएको अनुसन्धान स्रोत बताउँछ । एसएसपी लोहनीले सुरुमा समिती समक्ष बयानका क्रममा अर्यालकै निर्देशनमा आफूले शाक्य हत्याको अनुसन्धानका लागि मोरङमा टोली खटाएको बताएका थिए । महाशाखाले कार्यक्षेत्र नाघेर अनुसन्धानमा चलखेल गरेको थियो । लोहनीको बयानसँगै अब पूर्व आईजीपी अर्यालले पनि सुन काण्डमा बयान दिनुपर्ने अवस्था आएको छ । 
दोस्रो चरणको अनुसन्धानमा को–को तानिदैछन् ?
विमानस्थलबाट हुने सुन तस्करीको छानविनको दोस्रा चरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित पूर्व प्रमुख आयुक्त लोकमानसिंह कार्की, पूर्व आईजीपी उपेन्द्रकान्त अर्याल, पूर्व एआईजीहरु विजयलाल कायस्थ, विज्ञानराज शर्मा, नवराज ढकाल, दिपक मल्होत्रा, सुवास श्रेष्ठलगायतका केही व्यापारीहरुमाथि पनि अनुसन्धान हुने भएको छ ।
 विशेष अनुसन्धान समितिले सुन तस्करीको फाइल पल्टाउँदै जाँदा अर्याल आईजीपी छँदा कायस्थ एयरपोर्टमा रहेको बेला मल्होत्राले सेटिङ गरी अवैध सुन भित्र्याएको प्रमाण फेला पारिसकेको छ । 
कायस्थले १६ महिनासम्म विमानस्थलको सुरक्षा प्रमुख हुँदा विभिन्न समयमा बरामद् गरेको झण्डै ५० किलो अवैध सुनको सुराकीमा अस्मिता झा नाम गरेकी महिलाको नाम राखेर कमिसन खाएका थिए । जुन घटना अहिलेसम्म पनि रहस्यमय नै छ । कायस्थ र गोरेको पनि कनेन्सन भेटिएको छ ।
 पूर्व आईजीपी अर्यालले एयरपोर्टमा सुन तस्करीको सिन्डिकेट चलाउन तत्कालिन डिआईजी यादव अधिकारीलाई हटाएर कायस्थलाई लगेका थिए । अदालतबाट एआईजी बनाउन आदेश हुँदा समेत अर्यालले अधिकारीलाई एआईजी बनाउनबाट रोक्ने प्रयास गरेका थिए । 
स्रोतका अनुसार अर्याल, ढकाल, कार्की र कायस्थको समूहले सुन तस्करीको सिन्डिकेट नै चलाएको थियो । जुन सिन्डिकेट अहिले तोडिएको छ । कायस्थ एयरपोर्टमा रहँदा मल्होत्राले एकलौटी रुपमा सुन तस्करी गरेको छानविन समिति स्रोतले बतायो । समितिले महानगरीय अपराध महाशाखाले क्षेत्रपाटीबाट बरामद गरेको ८८ किलो सुनको सम्बन्धमा पनि अनुसन्धान शुरु गर्ने बुझिएको छ ।
 व्यपारी मलहोत्राको नाम यसअघी पनि चर्चामा आउने गरेको छ । २०५५ मा सांसद परी थापाको संयोजकत्वमा गठित राजश्व चुहावट नियन्त्रण समिति समितिले बुझाएको प्रतिवेदनमा दीपक मलहोत्रा, प्रकाश टिवडेवाला, विष्णु जोशी, विष्णु गौचन, स्वाँरलगायत दर्जनौ व्यक्तिहरु सुन तस्करीमा सँलग्न रहेको उल्लेख थियो ।
 तर, ती कुनै व्यापारीमाथि कानुनी कारवाही भएन । किनकी मलहोत्राको प्रहरीका उच्च हाकिमहरु सँग राम्रो सम्वन्ध रहेको हुँदा उनीमाथि कारवाही हुन सकेको छैन । 
२०५३ सालमा वामदेव गौतम गृहमन्त्री हुँदादेखि नै मल्होत्राले तस्करीको सेटिङ मिलाएर काम गर्दै आएका थिए । बिदेशी मुद्रा तस्करीमा एसएसपी रविराज श्रेष्ठमाथि भएको छानबिनमा अर्यालले मल्होत्रालाई जोगाएका थिए । मल्होत्राकै सेटिङ अनुसार एसएसपी श्रेष्ठ एयरपोर्ट गएका थिए र सुन तथा बिदेशी मुद्राको तस्करी गराएका थिए । 
त्यस्तै सुन तस्करीमा एयरपोर्ट भन्सारका तत्कालिन प्रमुख सुदीपचन्द्र शाह र मेट्रोका तत्कालिन प्रमुख एआईजी विज्ञानराज शर्माका भाई दयाको पनि मिलेमतो देखिएको समिति स्रोत बताउँछ ।
यूनाइटेड पोस्ट साप्ताहिकमा खबर छ

Post a Comment

0 Comments