Subscribe Us

अवैध क्रसर र खानीमा एसपीको धावा,
गुण्डागर्दीको लिस्ट तयार पार्दै काभ्रे प्रहरी

बनेपा । दर्ताबिना सञ्चालन र नबिकरण नभएका जिल्लाका बिभिन्न ठाँउमा संञ्चालित क्रसर र खानी उद्योग माथि प्रहरीले निगरानी बढाएको छ । 

गत साता मात्र सरुवा भएर गएका एसपी रवि खड्काले यस्ता क्रसर र खानीको रेकर्ड खोज्दै धावा बोल्न थालेपछि काभ्रेमा अवैध क्रसर र खानी संञ्चालन गर्नेको भागदैड मच्चिएको छ । 

स्रोतका अनुसार जिल्लाका आधा दर्जन क्रसर र खानी मापदण्ड भित्र परेपनी अन्य दुई दर्जन भन्दा बढी अवैध रुपमा प्रशासनलाई आर्थीक लाभ दिएकै भरमा सञ्चालनमा छन् । 

जिल्लामा अधिकांश क्रसर उद्योग विगत दश बर्षदेखि मामदण्ड विपरीत चल्दै आएका छन् । 

तर जिल्ला प्रहरी कार्यालयमा नयाँ प्रमुख एसपी खड्काको सरुवासँगै काभ्रे प्रहरीले अवैध क्रसर र खानीमा धावा बोल्न थालेको छ । एसपी खड्काले गत साता अबैध उत्खनन्मा प्रयोग भएको स्काईभेटरलाई नियन्त्रणमा लिएपछि काभ्रेमा हलचल मच्चिएको छ ।

स्रोतका अनुसार काभ्रे प्रहरीले जिल्ला भरका क्रसर र खानीमा अनुगमनको तयारी गरेको छ । अनुगमन पछि काभ्रे प्रहरीले अबैध रुपमा सञ्चालन भएका ढुंगा खानी र क्रसर बन्द गर्ने तयारीमा रहेको जिल्ला प्रहरीका एक अधिकृतले बताए । जिल्लाको मंगलटार र पनौती क्षेत्रमा अधिकांश मापदण्ड विपरितका क्रसर उद्योग र ढुंगाखानी सञ्चालनमा छन् । चार बर्ष अगाडी तत्कालिन एसपी अरुण बिसीले बन्द गराएका अबैध खानी र क्रसर बिसिको सरुवा पछि एसपी पुजा सिंहले रकम लिएरसञ्चाल गर्न दिएको आरोप लाग्ने गरेको छ ।

स्रोतका अनुसार जिल्लामा क्रसर माफियाको नामले चिनिने राजभक्त श्रेष्ठले एसपी सिंहलाई खुशी पार्न जिल्ला प्रहरी कार्यालयको प्रहरी बस्ने व्यारेकसमेत बनाई दिएका थिए । एसपी सिंहलाई प्रत्येक क्रसर ढुंगा खानीबाट मासिक रकमको कुरा मिलेपछि एसपी बिसिले बन्द गराएका अबैध क्रसर र ढुंगा खानी सुचारु भएका थियो । 

श्रेष्ठको मापदण्ड विपरितका एक दर्जन क्रसर उद्योग संचालनमा छन् । उता काभ्रे प्रहरीले जिल्लाका विभिन्न स्थानमा गुण्डागर्दीको सुचि तयार पारेर स्वप अप्रेशनको तयारी गरेको छ । काभ्रेमा गुण्डागर्दीमा संलग्न हुने तथा काठमाडौंमा गुण्डागर्दी गरी काभ्रेलाई सेल्टर बनाउनेको सुचि तयार गरेर काभ्रेका एसपी खड्काले स्वप अप्रेशन चलाउने तयारी गरेका छन् । 

Post a Comment

0 Comments