Subscribe Us

दाउदको एजेन्ट भारतमा लालचन्द नेपालमा नागराज,
. पक्राउ परे नागराजका मुख्य सहयोगी

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा जुवा खेलाउने नागराज भन्ने अमित अग्रवालका आधा दर्जन सदस्य पक्राउ परेका छन् । 

उनिहरुलाई महानगरीय प्रहरी परिसरको बिषेश टोलीले राजधानीको बिभिन्न ठाँउबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा पूर्व राष्ट्रिय फुटबल खेलाडी तथा म्याच फिक्सिङमा मुछिएका अन्जन केसी, गौरव तिवारी, काभ्रे भुण्डु गाउँपालिकाका ३८ वर्षीय भुपेन्द्र शम्शेर कुँवर, नुवाकोट ककनीका २७ वर्षीय दिनेश वोगटी, भक्तपुर बोलाछैका २६ वर्षीय विजय श्रेष्ठ, र भक्तपुर बोलाखुका ३१ वर्षीय नरेन्द्र सुवाल रहेका छन् । 

यो समुहले आईपीएल तथा अन्य राष्ट्रिय खेलहरुमा जुवा अर्थात अर्थात सट्टेबाजीको धन्दा चलाउँदै आएका थिए । पछिल्लो समय आईपीएल खेलमा बाजी थाप्ने नेपाली जमातको सख्या पनि दिनप्रतिदन बढ्न थालेपछि यस्तो सट्टेबाजीको धन्दा गराउनेको सख्या पनि बढ्दै गएको हो ।  स्रोतका अनुसार आईपीएलमा हुने सट्टेबाजीमा नेपालबाट मात्रै बार्षिक ५ अर्ब रूपैंयाँ बिदेशिने गरेको छ । 

पक्राउ परेका नागराजका आधा दर्जन सदस्यको बरामत भएको मोबाईलबाट समेत उक्त कुरा पुष्टि हुन आउँछ । प्रहरीको अनुसन्धानबाट तिवारीको खाताबाट तीन करोड २२ लाख ९७ हजार, र केसीको बाट २ करोड ७७ लाख ५ हजार, र कुवरको बाट १ करोड ७० लाख, दिपकको बाट ७७ लाख कारोबार गरेको खुलेको छ । पक्राउ परेका वोगटी भने तिवारीको सहयोगी भएको प्रहरीको अनुसन्धानबाट खुलासा भएको छ । 

यही गिरोहका नाईके तिवारीसँग एकाउन्ट लिएर ठूलो सख्यामा सट्टेवाजी गराउँदै आएका गुण्डा नाइके दावा लामा भने फरार रहेको प्रहरीले बताएको छ । उता यो समुह चलाउने नागराज पनि प्रहरीको मोष्ट वान्टेड सुचिमा रहेका छन् ।   पाँच बर्षदेखी चल्दै आएको यो धन्दाका मुख्य नाईके भने नागराज भएको प्रहरीले खुलासा गरेको छ । 

सट्टेबाजीका लागि कुख्यात भारतीय नागरीक अमित अग्रवाल नेपालमा बसेर यसको धन्दा चलाउँदै आएका छन् । तत्कालिन समयमा महानगरीय अपराध महाशाखाका एसएसपी हालका प्रहरी आईजीपी सर्वेन्द्र खनाल नागराजको बिषयमा प्रमाण संङ्कलन गर्न लागेपछि उनले नेपाल छाडेर गोवाबाट धन्दा चलाउन थालेका थिए । महाशाखाबाट खनालको सरूवा भएसँगै उनी पुनः नेपाल छिरेका थिए । एक महिना अगाडीबाट उनको बारेमा समाचारहरु प्रकाशित हुन थालेपछि उनि पुनः फरार भएका हुन । स्रोतका अनुसार उनि भारतको गोवामा छन् । 

अण्डरवल्र्ड डन दाउद इब्राहिमले सुरू गरेको सट्टेबाजी प्रमुख नेपाली एजेन्ट नागराज हुन । नागराजलाई दुवैईमा रहेका पाकिस्तानी नागरीक लालचंदले सहयोग गर्दै आएका छन् । दाउदको सट्टेबाजीको धन्दा लालचंदले चलाउँदै आएको स्रोतको दाबी छ । लालचंदको खोजिको लागी भारतिय प्रहरीले समेत बिषेश सक्रियता अपनाएको छ । 

 दुई बर्ष यता सट्टेबाजीको बिषयमा प्रहरीले बिशेष चासो राख्न थालेपछि त्यस्ता एजेन्टहरुले अहिले भाइबर, ईन्टरनेटका अन्य उपकरणहरू र गोप्य व्यक्तिमार्फत जुवामा खेलाउँदै आएका छन् ।

नेपालमा सट्टेबाजीकै लागि कम्तिमा पनि ५ सय भन्दाबढि व्यक्ति परिचालित गरिएको स्रोतले जनाएको छ । काठमाडौं, वीरगञ्ज, बुटवल, भैरवा, नेपालगंज, चितवन, मोरङ, बिराटनगर सट्टेबाजीका प्रमुख बजार हुन् । यो खेलमा ‘५ हजारदेखि ५ करोडसम्मको सट्टेबाजी हुँदै आएको छ । अहिले गोप्यताको आधारमा यो कामले निरन्तरता पाएको छ,’ स्रोतले भन्यो, ‘सट्टेबाजी गराउन ५ सय एजेन्ट नेपालका बिभिन्न शहरमा सक्रिय छन् ।’ जसलाई नागराजले परिचालन गर्दै आएका छन् ।

को हुन् नागराज 

सट्टेबाजीका लागि नेपालमा सञ्जाल विस्तार गरी नागराजको उपनामले चिनिने व्यक्ति हुन्(अमित अग्रवाल । उनी केही महिनादेखि भारतको गोवामा लुक्दै आएका थिए । अनाधिकृत रूपमा रकम जम्मा गरी भारतीय बजारमा र्पुयाउने नागराजको अन्य कुनै व्यापार व्यवसाय छैन । माहाराजगञ्ज, बाँसबारीमा उनको घर रहेको छ ।

बालुवाटार प्रधानमन्त्री कार्यालय पछाडि एक रोपनी जग्गाको घडेरीलगायत अन्य ठाँउमा करोडौ रूपैंयाको सम्पत्ति नागराजले जोडेका छन् । प्रहरीको निशानाबाट बच्न नागराजले जुवा खेलाउने प्रणाली नै परिवर्तन गरेका छन् । अहिले उनले आफ्नै एकाउन्ट खोलेर जुवा खेलाउन थालेका हुन । ‘जुन बाहिर लिक हुँदैन, प्रहरीले पक्राउ गरि हाले पनि प्रमाण हात लाग्न सम्भव छैन,’ स्रोतले भन्यो ।

जसमा उनले खेल हेरेर ३ देखि ५ प्रतिशत कमिशन पाउने गरेको स्रोतको दावी छ । जसमा वार्षिक नागराजले १५ करोड माथि कुम्ल्याउने गरेका छन् ।नेपालमा बुकी खेलाउने मध्ये नागराज अग्रस्थानमा छन् भने सेठ्ठी भनिने राकेश अग्रवाल, रमेश अयोग्य नेपालका प्रमूख बुकीका एजेन्ट हुन् । यि सबै भारतीय नागरिक हुन् । क्यासिनोमा बसेर जुवा खेलाउँदै आएका उनीहरुमाथि प्रहरीले निगरानी राख्न थालेपनि अहिले घरबाटै जुवा खेलाउदै आएका  छन । 

Post a Comment

0 Comments