Subscribe Us

नक्कली सरकारी डकुमेन्ट बनाउने पत्रकार पक्राउ

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले एक दशकदेखि सरकारी किर्ते कागजात तयार पारी बेचविखन गर्दै आएको एक गिरोहलाई पक्राउ गरेको छ । किर्ते गरेको आरोपमा महाशाखाले दिपक कुमार खत्री र देवराज साँवदलाई पक्राउ गरेको हो । खत्रीले बागबजारमा यामाटो एजुकेशनल र साँवदले पुतलीसडकमा आर्यन ईन्टरनेशनल एजुकेशनल सञ्चालन गरी किर्ते कागजात तयार पार्ने गरेको महाशाखाको अनुसन्धानबाट खुलासा भएको छ । 

उनीहरुले  सरकारी कार्यालयको विभिन्न कागजात तथा शैक्षिक संस्थाहरुको प्रमाणपत्र र भारतका शैक्षिक संस्थाहरुको प्रमाणपत्रहरु समेत बनाउँदै आएको प्रहरीको भनाई छ । उनीहरुको साथबाट प्रहरीले बिभिन्न सरकारी कागजातहरु, शैक्षिक प्रमाणपत्र, भारतको उत्तर प्रदेशको बिभिन्न ब्यक्तिको नामको शैक्षिक प्रमाणपत्र वरामद गरेको छ । अनुसन्धानको क्रममा पक्राउ परेका साँवद पुलेसो डटकमको पत्रकार हुन्  ।

यसैबीच, उपत्यकामा चोरी बढेपछि त्यसलाई नियन्त्रण गर्न माहाशाआले १५ दिने स्वीप अप्रेसन सञ्चालन गरेको छ । उक्त अप्रेसन अन्तर्गत महाशाखाले  दिउसोको समयमा बन्द रहेका घरहरुमा कोही नभएको मौका छोपी ताल्चा फोडी हुने गरेका चोरी घटना एंव  रातको समयमा बिशेषत सहकारि संस्था, बितिय सस्था मा ढोका  फोडि नगद तथा सरसामानहरु चोरी गर्ने  घटनाहरु, भिडभाडको फाईदा उठाई हुने पाकेटमारी, लुटपाट, सिक्रि तथा सुनका गरगहना तान्ने लगायत अन्य अपराधिक घटनाहरु ठगि, प्रलोभन, सुन किन्ने बहाना बनाई नक्कलि सुन देखाई ठगी गर्ने , डलर देखाएर लुुटपाट गर्ने खुर्सानिको धुलो प्रयोग गरि हुने लुटपाट, बिष्कुटको हिलो बनाई लगाई गरिने ठगी आदिका घटनाहरु न्युनिकरणका लागि विभिन्न स्थानमा एम्बुस ड्युटी खटाएको छ ।  उक्त अभियान अन्तर्गत महाशाखाले चोरी , लुटपाट , पाकेटमारी तथा बिभिन्न घटनामा सम्लग्न हुन सक्ने ब्यक्तीहरुलाई उपत्यकाका बिभिन्न स्थानहरुबाट जम्मा ६९  जना लाई नियनत्रण लिइसकेको छ । 

त्यसैगरी उपत्यकाका बिभिन्न स्थानमा रहेका सहकारी तथा बित्तिय संस्थाहरुको ताला फोडी सीसीसिटी क्यामेरा समेत फुटाई नगद तथा बिभिन्न धनमाल चोरी गर्ने दुुई जनालाई महाशाखाले पक्राउ गरी सार्वजनिक गरेको छ । जेठ १ गते रातीको ११ बजेको समयमा बालाजु माछापखरीस्थित मेगा ड्रिम्स ऋण तथा सहाकारी संस्थाको नगद सात लाख चोरी गरेको घटना घटना अनुसन्धान गर्ने क्रममा यस महाशाखा बाट खटिएको प्रहरी टोलीले चोरी कार्यमा सम्लग्न रहेका डिल्ली बुढा थापा र माधव विष्टलाई तिन लाख पचासी हजार नगदसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

Post a Comment

0 Comments