Subscribe Us

पुरस्कारको दाबी गर्ने डिएसपीविरुद्ध उजुरी

काठमाडौं । महानगरीय प्रहरी परिसरले स्थापना गरेको पुरस्कारको दाबी सूचीमा रहेका डिएसपी प्रदीप क्षेत्रीविरुद्ध आर्थिक लाभमा फसेको भन्दै उजुरी परेको छ । प्रहरी प्रधानकार्यालय आइजीपी सचिवालयको उजुरी छानवीन शाखामा डिएसपी क्षेत्रीविरुद्ध डिस्को र क्यासिनोसँग आर्थिक लाभ लिएको उजुरी परेको हो । 

महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख एसएसपी विश्वराज पोखरेलले बंगलादेश बैकसँग सहकार्य गरी स्थापना गरेको पुरस्कार राशीमा सबैभन्दा बढी र राम्रो काम गरेको प्रमाणसहित डिएसपी क्षेत्रीले पुरस्कार दाबी गरेका थिए ।

तर उनीविरुद्ध उजुरी परेपछि भने परिसरको पुरस्कारमा  विवादमा हुने देखिएको छ । प्रहरी वृत्त कालीमाटीको टोलीले फरार अपराधी पक्राउ गर्न गरेको प्रयासलाई स्वयम् वृत्तकै डीएसपी प्रदिप क्षेत्रीले सहयोग गरेरे भगाएको घटनालाई समेत जोडिएको छ । डिएसपी  श्रेत्रीले तीन–तीन जना प्रहरी निरक्षकलाई बाईपास लगाउँदै बदनाम सई रमेश नेपाललाई च्यापरेर वृत्तमा मनपरी गर्दै आएका थिए ।  

गत महिना माजोङ क्यासिनोमा छापा मार्न गएको टोलीको बारेमा जानकारी दिएर क्यासिनोका जुवाडे उम्काएको घट्नालाइ समेत जोडेर उनीविरुद्ध उजुरी परेको आइजीपी सचिवालय स्रोतले जनाएको छ । पछिल्लो पटक आफैं फस्ने भएपछि डिएसपी क्षेत्रीले सई नेपाललाई कारबाही गर्न काठमाडौं परिसरलाई सिफारिस समेत गरेका थिए । 

काठमाडौं परिसरले लेखेको पत्रका आधारमा प्रहरी हेडक्वार्टरले गत बिहीबार कालीमाटी वृत्तका सई रमेश नेपाललाई निलम्वन गरिएको छ । बिगत पाँच बर्षदेखि कालीमाटी बस्दै आएका सई नेपाल वृत्तमा आउने डिएसपीको प्रिय पात्र बन्दै आएका थिए । तर डिएसपी क्षेत्रीको आज्ञा पालक हुँदाहुँदै निलम्वनमा परेपछि उनले सबै काहानी शुक्रबार एसएसपी पोखरेललाई भेटेर जानकारी गराएका थिए । 

एसएसपी पोखरेलले उनले गल्ती भन्दा पनि कमजोरी भएको स्वीकार गरेका थिए । यो प्रकरण यतीबेला प्रहरी हेडक्वार्टरदेखि काठमाडौं परिसर र कालीमाटी वृत्तमा समेत चर्चा र चासोको विषय बनेको छ । प्रहरीको पक्राउ सूचीमा रहेको फरार अभियुक्तलाई सई नेपालले आफ्नै कार्यालयमा भेटेर लागू औषध सम्बन्धी सूचना लिने नाममा आर्थिक लााभ लिदै आएका थिए । काँग्रेस सभापति तथा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवामाथि नेविसंघको राजनीति गर्ने श्रीमतीको पावर प्रयोग गर्दै कालीमाटी वृत्तमा सरुवा गराउन सफल भएका डीएसपी प्रदिप क्षेत्री संगठनभित्र आर्थिक मामिलामा खराब व्यक्तिको रुपमा परिचित भए पनि कालिमाटी वृत्तले राम्रो काम गरेको दाबी गर्दे आएको छ । 

६ वृृत्तका डिएसपीहरूले पुरस्कार दाबी गर्दे आ–आफुले गरेका कामको विवरण प्रस्तुत गरेका छन् । कालिमाटी वृत्तका प्रदीप क्षत्री, गौशला वृत्तका अनुपम श्रेष्ठ, सोह्रखुट्टे वृत्तका दिपक पोखरेल, बालाजु वृत्तका विश्वराज खड्का, वौद्धका महेन्द्र नेपाल र महाराजगञ्ज वृत्तका डिएसपी योगेन्द्रसिंह थापाले आफुहरूले गरेका कामका विवरण पुरस्कार छनोट समिति समक्ष पेश गरेका छन् । परिसरका एसपी रामदत्त जोशीको अध्यक्षतामा पुरस्कार छनोट समिति गठन गरिएको छ । जसमा डिएसपीद्वय बसन्त रजौरे र मोहन थापा सदस्य छन् । स्रोतका अनुसार माहाराजगञ्ज बृत्तका डिएसपी थापा उत्त पुरस्कारबाट पुरस्कृत हुने अवस्थामा छन् । 


Post a Comment

0 Comments