Subscribe Us

जनप्रहार समाचारको प्रभाव
डनका चार हतियार महाशाखाको नियन्त्रमा

काठमाडौं । महानगरीय अपराध महाशाखाले डनका चारवटा हतियार नियन्त्रमा लिएको छ । जिल्ला प्रशासन कार्यलयले हचुवाको भरमा दिएको लाईसेन्स पाप्त हतियार नियन्त्रमा लिएको हो । 

हतियार राख्न ईजाजतपत्र दिँदा प्रहरीलाई सुरक्षा चुनौती थपिएको ठहर गर्दै महाशाखाले उक्त  हतियार नियन्त्रमा लिएको हो । 

महाशाखाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले लाईसेन्स रद्ध गरेपछि आईतवार महाशाखाले उक्त हतियार नियन्त्रमा लिएको हो । तिन साता देखी उक्त हतियारको दुरुप्रयोग बढेको भन्दै जनप्रहार साप्ताहिकले सामाचार प्रकाशित गर्दै आएको थियो ।

महाशाखाका प्रमुख एसएसपी धिरज प्रताब सिंहले मिटर व्याजका नाईके बिरेन्द्रलाल श्रेष्ठ, मेनपावर व्यावसायी रघु पुरी, गुण्डा नाइेके काजी शेर्पा र बलराम सापकोटाको हतियार नियन्त्रमा लिएको बताए । एसएसपी सिंहले अन्यको हतियारको बारेमा पनि थप अनुसन्धान भईरहेको जनाए । 

आपराधिक पुष्ठभुमिबाट गुज्रिरहेका व्यक्तिहरूले ईजाजत पाउँदा हतियारको दुरुपयोग हुनुको साथै सुरक्षामा चुानैति थपिएको ठहर गर्दै हतियार जफत गरेको महाशाखाका डिएसपी सोमेन्द्रसिंह राठोरले बताए । 





Post a Comment

0 Comments