Subscribe Us

क्रसर र खानी बन्द गर्न एसपी खड्काको सात दिने अल्टिमेटम,
. अधिकांस खानी र क्रसर मापदण्ड बिपरित

बनेपा । अवैध रूपमा सञ्चालन भएका काभ्रेका विभिन्न ठाउँका क्रसर र खानी बन्द गर्न प्रहरीले सात दिने अल्टिमेटम दिएको छ । काभे्र प्रहरी प्रमुख एसपी रविराज खड्काले पदवहाली गरेसँगै दश बर्षदेखि चल्दै आएका अवैध खानी र क्रसरलाई बन्द गर्न सात दिने अल्टिमेटम दिएको हो ।

४० खानी अवैध रूपमा चल्दै आएको प्रमाण जिल्ला प्रहरी कार्यालयले फेला पारेको छ । मापदण्ड पुरा नभएका ति खानी र क्रसरलाई सात दिने भित्र मापदण्ड पुरा गर्न वा बन्द गराउन प्रहरीले उर्दी जारी गरेपछि अहिले खानी र क्रसर माफियाको भागाभाग भएको छ । 

जिल्लामा अधिकांश क्रसर उद्योग विगत दश बर्षदेखि मापदण्ड विपरीत चल्दै आएका छन् । तर जिल्ला प्रहरी कार्यालयमा नयाँ प्रमुख एसपी खड्काको सरुवासँगै काभ्रे प्रहरीले अवैध क्रसर र खानीमा धावा बोल्न थालेका हुन । एसपी खड्काले गत साता अवैध रूपमा खोलामा उत्खनन्मा प्रयोग भएको स्काईभेटरलाई नियन्त्रणमा लिएपछिे अवैध उत्खनन् पनि रोकिएको छ । 
प्रहरीले जिल्ला भरका क्रसर र खानीमा अनुगमनको तयारी गरेको एसपी खड्काले जनप्रहारलाई बताए । अनुगमन पछि अवैध रूपमा सञ्चालन भएका ढुंगा खानी र क्रसर मापदण्ड पुरा नभएसम्म बन्द हुन्छन् ।

जिल्लाको मंगलटार र पनौती क्षेत्रमा अधिकांश मापदण्ड विपरितका क्रसर उद्योग र ढुंगाखानी सञ्चालनमा छन् । चार बर्ष अगाडी तत्कालिन एसपी अरुण बिसीले बन्द गराएका अवैध खानी र क्रसरसपी पुजा सिंहले मोटो रकम लिएर सञ्चाल गर्न दिएको आरोप लाग्ने गरेको छ ।

स्रोतका अनुसार जिल्लामा क्रसर माफियाको नामले चिनिने राजभक्त श्रेष्ठले एसपी सिंहलाई खुशी पार्न जिल्ला प्रहरी कार्यालयको प्रहरी बस्ने व्यारेकसमेत बनाई दिएका थिए । एसपी सिंहलाई प्रत्येक क्रसर ढुंगा खानीबाट मासिक रकमको कुरा मिलेपछि एसपी बिसिले बन्द गराएका अवैध क्रसर र ढुंगा खानी सुचारु भएका थियो । श्रेष्ठको मापदण्ड विपरितका एक दर्जन क्रसर उद्योग संचालनमा छन् । पक्कि सडक, खोला नाला र गाँउबस्तीबाट एक किलोमिटर पर स्थापना गर्नुपर्ने क्रसर र खानी माफियाहरूले सडक, नदी र गाँउसँगै जोडेरै सञ्चालन गर्दै आएका छन् । 

उता काभ्रे प्रहरीले जिल्लाका विभिन्न स्थानमा गुण्डागर्दीको सूची तयार पारेर स्वप अप्रेशनको तयारी गरेको छ । काभ्रेमा गुण्डागर्दीमा संलग्न हुने तथा काठमाडौंमा गुण्डागर्दी गरी काभ्रेलाई सेल्टर बनाउनेको सूची तयार गरेर काभ्रेका एसपी खड्काले स्वप अप्रेशन चलाउने तयारी गरेका छन् । 

Post a Comment

0 Comments