Subscribe Us

ढोका धाउदा कारवाहीको चेतावनी

काठमाडौं । प्रहरी महानीरिक्षकको बढुवा भएको दुई महिनासम्म पनि एआइजी बढुवा नभएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग बढुवाको याचाना गर्न जाने डिआइजीहरू कारवाहीको दायरामा परेका छन् ।

केही दिन अघि गृहमन्त्री रामबहादुर थापा र प्रधामन्त्री केपी शर्मा ओली भेट्न पुगेका डिआइजी उत्तम कार्की, पवन खरेल र छविलाल जोशी कारवाहीको दायरामा पर्ने भएका हुन् ।

नेपाल प्रहरीमा वरिष्ठ डीआइजीहरूलाई अवकाश दिने मनसायले एआइजीको बढुवा रोकेको उजुरी गर्न गएका उनीहरूलाई प्रधामन्त्री ओलीले तपाइहरू चेनअफ कमाण्डमा आएको हो कि व्यक्तिगत रुपमा भनसुन गर्न आएको हो भनेर प्रश्न गरेपछि उनीहरू अक्क न बक्क भएर फर्किएका थिए । त्यसपछि गृहसचिव प्रेमकुमार राइलाई भेटेर त्यही विषय भनेपछि चेनअफ कमाण्डभन्दा बाहिर गएकाले तपाइहरूलाई कारवाही हुनसक्ने भन्ने जवाफ दिएपछि उनीहरू लुरुलुरु प्रहरी प्रधानकार्यालय फर्किएका थिए ।

एक महिनाको अवधिमा प्रहरी जवानदेखि डीआइजीसम्म रिक्त सबै पदमा बढुवा भए पनि सेवा प्रवेशका आधारमा अगाडी रहेका तर छवि विग्रेका ५ जना डीआइजीलाई अवकाश दिएर मात्रै एआइजी बढुवा प्रक्रिया अघि बढाउने गृह मन्त्रालयको मनशाय रहेको छ । 

बढुवाका लागि पुस्कर कार्की, उत्तम कार्की, पवनप्रसाद खरेल, छविलाल जोशी, ज्ञानविक्रम शाह, शरद चन्द, ठूले राई, धिरु बस्न्यात, मनोज न्यौपाने, सुरेशविक्रम शाह लगायत डीआइजी प्रतिस्पर्धामा छन् । जसमध्ये प्रहरी परिसर काठमाडौमा बस्दा होस वा सिआईवीमा बस्दा होस केही काम गर्न नसकेका उत्तम कार्कीलाई घर पठाउने मन्त्रालयको नीति रहेको छ । त्यस्तै भ्रष्ट छवि बनाएका जोशी पनि यही असार ३० गते घर जाँदैछन् भने घर जानेबेला प्रहरीको प्रक्युरमेण्ट शाखामा बसेर तर मारिहरेका पवन खरेललाई पनि घर पठाउने मन्त्रालयको तयारी छ । 

अबको २ साताभित्र बढुवा प्रक्रिया अघि नबढे २०४५ असार ३० गते प्रहरी सेवा प्रवेश गरेका उत्तम कार्की, खरेल, जोशी, ज्ञानविक्रम शाह र शरद चन्द ३० वर्षे सेवाअवधिका कारण नियमित अवकाशमा जाने छन् । सरकारले उनीहरूको अवकाशपछि मात्रै बढुवा प्रकृया अघि बढाउने तयारी गरेको स्रोतले जनाएको छ । केही दिन अघि मात्रै मन्त्रीपरिषद बैठकले प्रहरीमा एआइजीको दरवन्दी कटौती गरेर ४ जनामा सीमित गरेको थियो ।  जसमा प्रशासन तर्फ ३ र अस्पतालमा १ गरी प्रहरीमा ४ जना मात्रै एआइजी रहने व्यवस्था गरिएको छ । 

मन्त्रिपरिषदको सो निर्णयपछि गृह मन्त्रालयले कायम गरिएको एआइजी बढुवाको प्रक्रिया थाल्नुपर्ने थियो । तर गृहमन्त्री रामबहादुर थापा, गृह सचिव प्रेमकुमार राई र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल अवकाशमा जान लागेका डीआइजीलाई बढुवा दिन नचाहेको भन्दै उत्तम कार्कीको नेतृत्वमा प्रधामन्त्रीलाई उजुरी गर्न गएपछि झन उनीहरूको तत्काल बढुवा प्रक्रिया रोकेर राख्ने रणनीतिमा पुगेका हुन् । 

त्यहीअनुसार गृहसचिव राईले अध्यक्ष रहेको बढुवा समितिले डीआइजीको कार्यसम्पादनरमूल्यांकनको फाइल नै अध्ययन नै नगरी आफ्नो घर्रामा हालेर राखेका छन् । बढुवाको फाइल घर्रामा हालेर राखेपछि उनीहरू झन निराश बनेका छन् । यसैसाता बढुवा हुनुपर्र्ने भएपनि आइतबार साझ प्रहरी महानीरिक्षक सर्वेन्द्र खनाल अमेरिका उडेपछि यो हप्ता एआइजीको बढुवा रोकिएको छ । खनाल अर्को आइबार मात्रै नेपाल फर्कनेछन् । उनी फर्केको एक दुइदिनपछि प्रक्रिया शुरु भयो भने पनि एआइजीको बढुवा असार मसान्तमा मात्रै हुन्छ तर असार ३०मा घर जानेहरू बढुवा पर्ने संभावना निकै कम रहेको स्रोतले जनाएको छ

Post a Comment

0 Comments