Subscribe Us

खुङखार खुँडेमाथी गोली प्रहार,
दश बर्षदेखी लुटपाटमा, पहिलोपटक फन्दामा

काठमाडौं । डलर साट्ने बहानामा १८ लाख लुटेर फरार भएका लुटेरा ग्याङका नाईकेलाई आज बेलुका प्रहरीले गोली प्रहार गरी नियन्णमा लिएको छ । 

महानगरीय अपराध महाशाखाको टोलीले सिन्धुपाल्चोक बाह्रबिसे घर भएका खुडे नामले कुख्यात अम्बर तामाङको खुट्टामा २ राउन्ड गोली प्रहार गरी नियन्णमा लिएको हो । 

बौंद्धको नयाँबस्ति नजिक जम्बुडाँडामा महाशाखाको टोलीले खुडेलाई नियन्णमा लिन खोज्दा प्रहरीमाथी नै आक्रमण गर्ने प्रयास गरेपछि आत्मरक्षाको लागी प्रहरीले गोली चलाउनु परेको जनाएको छ ।  खँुडेको साथबाट एक थान पेस्तोल र डलरका सात बन्डल बरामत भएको महाशाखाले जनाएको छ ।


खुँडेलाई उपचारको लागि ट्रमा सेन्टरमा राखिएको छ । भेटिएको सुन र डलर सस्तोमा दिने बाहानामा खँुडेको समुहले सर्बसाधारण व्यपारीलाई लुटपाट गर्दै आएका थिए । यहि समुहले गत जेठ २५ गते  डलर साँट्न भन्दै बोलाएर भक्तपुरमा १८ लाख लुटपाट गरेका थिए । 


चाँगुनारायण नगरपालिका इन्द्रेणीपुल–३ स्थित ताप्लेजुङ फुङलिङ नगरपालिका–१ घर भई हाल स्वयम्भु बस्दै आएका विरेन तामाङलाई बोलाई अस्मिलले १८ लाख लुटपाट गरेको प्रहरीले बताएको छ । 

अस्मिनले डलर साटेको बापत २ लाख रुपैयाँ फाइदा हुने बताएपछि  विरेन तामाङले १८ लाख रुपैयाँ लिएर पैसा साँट्न गएका थिए ।  

Post a Comment

0 Comments