Subscribe Us

सशस्त्र प्रहरी वलमा मदिरा निषेध,
अटेरी गरे कमाण्डरलाई कार्वाही

काठमाडौं  -सशस्त्र प्रहरी बलले केन्द्रीय कार्यालय तथा मातहतका कार्यालयमा मदिरायुक्त र सुर्तीजन्य पदार्थहरुको प्रयोग र विक्रीवितरणमा रोक लगाएको छ ।

सशस्त्रको केन्द्रीय तथा मातहतका इकाइहरुमा हुने कुनै पनि औपचारिक अनौपचारिक कार्यक्रमहरुमा पनि मदिरायुक्त र सुर्तीजन्य पदार्थहरुको प्रयोग पूर्णरुपमा निषेध गरेको नीति रहेको जानकारी गराउँदै सम्पूर्ण युनिटहरुलाई धूमपान र मदिरा निषेधित क्षेत्र कायम गर्न सर्कुलर जारी गरेको छ ।

मदिराजन्य पदार्थहरुको प्रयोग नगर्न÷नगराउन सम्बन्धित कमाण्डरले निगरानी गर्न निर्देशन दिदै कुनै पनि कार्यालय वा मातहतमा त्यस किसिमका पदार्थहरुको प्रयोग गरे÷गराएको पाइएमा सम्बन्धित कमाण्डरलाई नै कारबाही गरिने उक्त सर्कुलरमा उल्लेख छ 

Post a Comment

0 Comments