Subscribe Us

मिटर व्याजका नाईके सिंहको ६ थान हतियार महाशाखाको नियन्णमा

काठमाडौँ । मिटर व्याजका नाईकेका रुपमा चिनिएका ललितपूर एकान्तकुनाका महेशबहादुर सिंहको ६ थान बैध हतियार अपराध महाशाखाले नियन्त्रणमा लिएको छ । 
महाशाखाको सिफारिसरमा जिल्ला प्रशासन कार्यालय ललितपूरले लाईसेन्स रद्ध गरेपछि सिंहको हतियार नियन्णमा लिएको हो । 

बैध हतियार राखेर अबैध धन्दा गरेको सुचना महाशाखाले पाएपछि सिंहलगाएत दर्जनको लाईसेन्स रद्ध गर्न महाशाखाले सिफारिस गरेको थियो । मकवानपुरको हेटौंडा स्थायी घर भएर ललितपुरको भनिमण्डल बस्दै आएका सिंहको साथबाट प्रहरीले ‘बाह्र बोर सटगन’, ४ थान ‘बाईस बोर राईफल’ र एकथान ‘१२ बोर  सटगन’ तथा १३६ राउण्ड गोली नियन्णमा लिएको जनाएको छ । 

विभिन्न मितिमा हातहतियार खरखजाना ऐन २०१९ को दफा १० बमोजिम लाइसेन्सधारी हतियार लिएका सिंहले उक्त ऐनको दफा बामोजिमका शर्तहरु उल्लंघन गर्दै सोही हतियार देखाएर मिटर व्याजी पैसा असुल्ने गरेको महाशाखाले जनाएको छ । 

अनावश्यक रुपमा गाडीमा हतियार राखेर त्रास उत्पन्न गराउने, चर्को ब्याजमा पैसा लगानी गर्ने र उक्त रकम उठाउन हतियार प्रदर्शन गर्ने गरेको पाइएको छ । महेश बहादुर सिंह उपर ठगी, अपहरण तथा शरीर बन्धक र  बन्यजन्तु सम्बन्धी अपराधमा यसअघी पटक–पटक अनुसन्धान भईसकेको प्रहरीले जनाएको छ । 

लाइसेन्स लिएर राखेको हतियार दुरुपयोग गरेको खुलेपछि जिल्ला प्रशासन कार्यालय ललितपुरले उक्त हतियारको लाईसेन्स रद्द गरेको बताईएको छ । 

Post a Comment

0 Comments