Subscribe Us

धनगढीका लुटेरा काठमाडौंबाट पक्राउ

काठमाडौं । धनगढीमा दिनदाहाडै गोली प्रहार गरी साढे ९ लाख रुपैंया लुटेर फरार रहेका दुई लुटेरा काठमाडौंबाट पक्राउ परेका छन् । उनिहरुलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।

महाशाखाबाट खटिएको बिषेश टोलीले फरार रहेका कालु राना र प्रबेश रानालाई काठमाडौंको गोंगबुबाट पक्राउ गरेको जनाएको छ । 

उनिहरुले गत साता  सिद्धार्थ बैकबाट रकम झिकेर चौहारा नजिक रहेको किन्ट आईएमई सेन्टरका कर्मचारी निर्मला कार्कीमाथि मुख्य बजारमै गोली प्रहार गरी उक्त रुपैंया लुटपाट गरी फरार भएका थिए । 

फरार भएका उनिहरु राजधानी छिरेको सुचना पाएपछि महाशाखाले निगरानी बढाएको थियो । पक्राउ परेका मध्य कालु राना जबर्जस्ती करणी मुद्दामा ६ बर्ष कैद भुक्तान गरी गत माघमा छुटेका व्यक्ति रहेको महाशाखाको अनुसन्धानबाट खुलासा भएको थियो ।   

  



Post a Comment

0 Comments