Subscribe Us

फुर्किँदा फुस्कियो

काठमाडौं । प्रहरी नायव निरक्षकबाट बढुवा भई निरक्षक बनेका किरण पाण्डेले प्रहरी पोशाको बेइज्जत गरेका छन् । यो पोशाक लगाउनु आफ्नो ठूलो सपना भएको भन्दै पोशक लगाएको फोटो समाजिक सञ्जालमा सार्वजनिक गर्दै उनले पोशाकको बेइजजत गरेका हुन् । 

‘पोशाकले फिट र ह्यान्डसम देखिएको छ, होईन ?’ भन्दै उनले प्रश्न गरी फेसबुकमा स्ट्याटस नै लेखे । निरक्षक पाण्डेले प्रहरी पोशाकको दुरुपयोग त गरे नै त्यो भन्दा ठूलो उनले पोशाकमा लगाएको ‘कलर डक्स’ले उनको योग्यता र क्षमतामा प्रश्न चिन्ह खडा भएको छ । 

कुन पोशाकमा कुन ‘कलर डक्स’को प्रयोग गर्ने भन्ने सामान्य जानकारी समेत नभएका निरक्षक पाण्डेलाई कसरी संगठनले बढुवा दियो भन्ने कुराले अहिले प्रधान कार्यालयमा चर्चाको बिषय बनेको छ । फौजी संगठनमा पोशाकले महत्वपूर्ण अर्थ राख्छ । यसको पहिरनमा बिषेश ध्यान दिनुपर्ने हुन्छ । 

राज्य र संगठनले तोकेको मापदण्ड भन्दा बाहिर गएर पोशाक पहिरन मिल्दैन । तर भर्खरै निरक्षकमा बढुवा भएका पाण्डेले साधारण पोशाकमा प्रयोग हुने निलो ‘कलर डक्स’ सेरेमोनियल पोशाकमा र ट्युनिक पोशाकमा प्रयोग गरेर प्रहरी पोशाकको बेइज्जत गरेका छन् । 

पछिल्लो समय नेपाल प्रहरीले कुनै पनि कर्माचारीलाई पोशाक लगाएको फोटो सामाजिक सञ्जाल फेसबुकमा राख्न मनाही गरेको थियो । तेस्रो व्यक्तिबाट ट्याग गरेमा कुनै फरक नपर्ने तर स्वयम्ले फेटो अपलोड गर्न मनाही गरेको थियो । तर पाण्डेले त्यसको कुनै पनि वास्ता राखेनन् ।

 बढुवाको जोसमा होस गुमाउँदै संगठनलाई नै चुनौती दिनेगरी पोशाकै नै बिगारेर सामाजिक सञ्जालमा फेसबुकमा फोटो अपलोड गरेका छन् ।  मुख्य सचिव लोकदर्शन रेग्मीका निगाहामा आइए पास मात्रै भए पनि बढुवा भएका पाण्डे लामो समय रेग्मीकै पिएसओे बस्दै आएका थिए । 


Post a Comment

0 Comments