Subscribe Us

आईजीपी खनाल उडे लगत्तै निमित्त प्रमुख केसीले किन खटाए फाजिल एआईजीलाई पुर्व क्षेत्र

काठमाण्डौ -सशस्त्र प्रहरी वलका आईजीपी शैलेन्द्र खनाल अमेरिका उडे लगत्तै निमित्त आईजीपी पुष्पराम केसिले फाजिल एआईजी जानकि भट्टराईलाई पुर्वी क्षेत्रको भ्रमणमा पठाएका छन ।

यहि असार ३ गते राती आईजीपी खनाल अमेरिका उडेको दोस्रो दिन ४ गते नै केसिले भट्टराईलाई पुर्व क्षेत्रको निरीक्षण भ्रमणमा पठाएका हुन । जिम्मेवारी विहीन अवस्थामा हलचोकमा रहेका भट्टराई पुर्व क्षेत्र गएपछि हलचोक मुख्यालय र पुर्वी क्षेत्रमा हल्लिखल्लि मच्चिएको छ ।

हल्लिखल्लि मच्चिनुको कारण भने रोचक छ । पुर्व क्षेत्रमा डिआईजीका रुपमै कार्यरत रहेका बेला एआईजीमा बढुवा हुन सफल भट्टराई त्यति बेला व्यापारि तथा सशस्त्र प्रहरी वलका ईकाईहरुबाट बांकि रहेको महिनावारि उठाउन लागेको बताईन्छ । पुर्वी क्षेत्रका ईकाईका कमाण्डरहरु समेत आर्थिक व्यवस्थापन गर्नु पर्ने भयमा छन ।

आईजीपी खनाल अमेरिका उडेपछि उनले निमित्त आईजीपी केसिसंग सेटिगं मिलाएर उनि त्यस तर्फ गएका हुन । वलका ईकाईका कमाण्डरहरुसंग रकम नदिए काममा लापरवाही देखिएको भन्दै कार्वाहीको सिफारिस गरिदिने धम्कि दिएर उनले रकम असुलेको नाम उल्लेख नगर्ने सर्तमा वलका पिडित अधिकृतले मूलधार न्युजलाई जानकारी दिए । 

उनले आईजीपी खनाल स्वदेश फर्केपछि यस विषयमा जानकारी  दिने समेत बताए । भ६्टराईको टोलीमा एक जना हवल्दार र दुई जना सिपाही पनि छन । माथिल्लो तहका अधिकृत साथमा लैजादा आफ्नै पोल खुल्ने डरले उनले निम्न तहका सशस्त्र प्रहरी कर्मचारीहरुलाई आफ्नो टोलीमा पार्न लगाइएको बताईन्छ ।

Post a Comment

0 Comments