Subscribe Us

यसरी खोसिए लाइसेन्सप्राप्त हतियार,
५ सय लाईसेन्स पाप्त हतियारमाथी अनुसन्धान जारी

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले वैध हतियारको अवैध प्रयोग रोक्न थालेको छ । महाशाखाले चार वटा हतियार आइतबार नियन्त्रमा लिएको छ । हतियार राख्न ईजाजतपत्र दिँदा प्रहरीलाई सुरक्षा चुनौती थपिएको ठहर गर्दै महाशाखाले उक्त  हतियार नियन्त्रमा लिएको हो । 

महाशाखाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले लाईसेन्स रद्द गरेपछि महाशाखाले उक्त हतियार नियन्त्रमा लिएको हो । तीन साता देखि उक्त हतियारको दुरूप्रयोग बढेको भन्दै जनप्रहार साप्ताहिकले सामाचार प्रकाशित गर्दै आएको थियो ।

महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले मिटर व्याजका नाईके बिरेन्द्रलाल श्रेष्ठ, मेनपावर व्यावसायी रघु पुरी, गुण्डा नाइेके काजी शेर्पा र बलराम सापकोटाको हतियार नियन्त्रणमा लिएको बताए । एसएसपी सिंहले अन्य व्यक्तिको हतियारको बारेमा पनि थप अनुसन्धान भईरहेको जनाए । 

आपराधिक पुष्ठभुमिबाट गुज्रिरहेका व्यक्तिहरूले ईजाजत पाउँदा हतियारको दुरूपयोग हुनुको साथै सुरक्षामा चुानैति थपिएको ठहर गर्दै हतियार जफत गरेको महाशाखाका डिएसपी सोमेन्द्रसिंह राठौरले बताए । जिल्ला प्रशासन कार्यालयले हचुवाको भरमा दिएका लाईसेन्सप्राप्त पाँच सय व्यक्तिको हतियारमाथि महाशाखाले निगरानी बढाएको छ । हतियारको आवश्यकता भन्दा सौख र गुण्डागर्दीको लागि केही व्यक्तिले प्रशासनलाई प्रभावमा पारेर हतियारको लाईसेन्स लिएको खुलासा जनप्रहार साप्ताहिकले खुलासा गरेको थियो । सोही प्रमाणका आधारमा महाशाखाले अनुसन्धान अगाडी बढाएको थियो ।

 प्रहरीको ब्ल्याकलिस्टेड सूचीमा रहेका दुई दर्जन भन्दा बढीसँग हतियार रहेको महाशाखाको अनुसन्धानबाट खुलासा भएको छ । हतियारको लाईसेन्स लिने अधिकांश व्यक्ति गुण्डागर्दीमा सक्रिय, मिटर ब्याजका नाईके तथा मानव तस्करीमा सक्रिय भेटिएपछि महाशाखाले अनुसन्धान तिब्र बनाएको हो । अनुसन्धानमा लागेका महाशाखाका डिएसपी राठौरका अनुसार अवैध धन्दामा लागेका पाँच दर्जन व्यक्तिसँग हतियारको लाईसेन्स छ । अर्काको नाममा लिएर पछि आपराधिक पृष्ठभुमीका व्यक्तिले हतियारको लाईसेन्स नामसारी गरेको महाशाखाको अनुसन्धानबाट खुलासा भएको छ । 

लाईसेन्स लिनेले दुई हजार राउण्डसम्म गोली लिईएको समेत खुलासा भएको छ । ति गोली के कति छन् ? र खर्च भएको भए कहाँ किन र कुन अवस्थामा खर्च गरीयो त्यसको पनि लोखाजोखा महाशाखाले खोज्न थालेपछि लाईसेन्स प्राप्त हतियारधारीको भागाभाग मच्चिएको छ । 

यहि हतियारको कारण सुरक्षा चुनौती थपिएको समेत प्रहरीको बुझाई छ । आपराधिक पृष्ठभुमिका व्यक्तिहरूले ईजाजत पाउँदा हतियारको दुरूपयोग हुनुको साथै सुरक्षामा चुानैति थपिएको महाशाखाको ठम्याई छ । अवैध तरीकाले असुलेको रूपैयाँबाट नव धनाड्यको सूचीमा रहेका एकान्तकुनाका महेशबहादुर सिंहसँग प्रहरीले तीन वर्ष अघि ईजाजत  प्राप्त ६ थान हतियार बरामत गरेको थियो । 

त्यस्तै त्यहि बर्ष शंकरदेव क्यामपसका स्ववियु सभापति सुकबहादुर बस्नेत लाईसेन्स प्राप्त हतियारबाट मारिएको हरिणसहित पक्राउ परेका थिए । बस्नेतको पक्राउ पश्चात् आफ्नो व्यक्तिगत सुरक्षाको लागि लिएको हतियार बस्नेतले संरक्षित बन्यजन्तुको शिकार गर्न प्रयोग गरिएको खुलासा भयो ।

मिटर व्याजका नाईके महेश सिंहको लाईसेन्स प्राप्त हतियार चार बर्षदेखि ललितपुर प्रहरीको नियन्त्रणमा छ । हतियारको दुरूप्रयोग गरेर सिंहले सोझासाझालाई धम्की दिने गरेको प्रहरी अनुसन्धानबाट खुलासा भएपछि उनको हतियार प्रहरीले फिर्ता नगरेको हो । सिंहकै शैलीमा मिटर व्याजका नाईके काभ्रेका वीरेन्द्रलाल श्रेष्ठ र गुण्डा नाईके काजी शेर्पाले वैध हतियारको दुरूपयोग गर्दै आएको महाशाखाले ठम्याइ गर्दै उनीहरूको हतियार जफत प्रक्रिया सुरु गरेको हो । 

श्रेष्ठले सुकेधारामा दुई सय राउण्ड गोली चलाउनु परेको कारण समेत महाशाखाले अनुसन्धानमा राखेको छ । कुख्यात गुण्डा नाईके काजी शेर्पाले ठेक्का पट्टा कब्जा गर्न लाईसेन्स प्राप्त हतियारको दुरूप्रयोग गर्दै आएको महाशाखाको अनुसन्धानबाट खुलासा भएको छ । यी अधिकांश गुण्डा नाईकेसँग जर्मन स्पोटर्स गन (जीएसजी–५) नामक अर्धस्वचालित हतियारको लाईसेन्स छ । 

Post a Comment

0 Comments