Subscribe Us

अन्त सल्केपछि राजकुमार राईको टाउकोमा आठ टाँका

काठमाडौं । चलचित्र विकास बोर्डका पूर्वअध्यक्ष राजकुमार राईले श्रीमती अपूर्वाको धुलाई भेटेका छन् । अस्ति मध्यान्ह कार्यालयमै पुगेर पत्नीले भकुरेको  समाचार जन आस्था साप्ताहिकले छापेको छ ।

यसरी पत्नीबाट चुटाई भेट्नुको कारण भने रोचक छ । पुतलीसडकबाट कुमारी हलतिर केही अगाडि बढेपछि राईको कार्यालय छ, आरसी पिक्चर्स भनेर ।

 त्यही कार्यालयको सबैभन्दा माथि एउटा खाट राखेका छन् उनले ।

त्यही खाटमा अरू कसैसँग रमाइरहेको सुराक मिलेपछि पत्नी गत बिहीबार मध्यान्ह छड्के हान्न पुगेको बताइन्छ । श्रीमतीको आक्रमणबाट टाउकामा चोट भेटेपछि आठवटा टाँका लगाइएको छ । यसअघि रातोपुलमा यस्तै काण्ड मच्चिएको पोल निलहरि काफ्लेले खोलिदिएपछि लफडा भएको चर्चा छ ।

Post a Comment

0 Comments