Subscribe Us

दशबर्ष पछि फन्दामा परे नागराज,
उपत्यकका सट्टेबाजी गिरोहमाथी महाशाखाको निगरानी

काठमाडौं । संगठित रूपमा नेपालमा सट्टेबाजीको धन्दा चलाउँदै आएका भारतीय नागरिक नागराज भन्ने अमित अग्रवाल दश बर्षपछि प्रहरीको फन्दामा परेका छन् । नागराजलाई महानगरीय अपराध महाशाखाको बिषेश टोलीले आईतवार बिहान पानीपोखरीबाट पक्राउ गरेको हो ।

इण्डियन प्रिमियर लिग(आईपिल) तथा अहिले रसियामा जारी विश्वकप फुटबललगायतका खेलमा सट्टेबाजीको धन्दा चलाउँदै आएका नागराजलाई नेपाल प्रहरीले तिन बर्षदेखि खोजीको सूचीमा राखेको थियो । बाहिर अमित अग्रवालको नामले कुख्यात रहेका उनको वास्तविक नाम भने नथमल अग्रवाल भएको पक्राउ पछि खुलासा भएको छ । 

अनुसन्धानको क्रममा उनको नागरिकता जनकपुरको भएको र नाम नथमल भएको महाशाखाले बताएको छ । दश बर्षदेखि नेपालमा सट्टेबाजीको धन्दा चलाउँदै आएका नागराजको बारेमा तीन बर्षदेखि यस जनप्रहार साप्ताहिकले समाचार प्रकाशित गर्दै आएको थियो । प्रहरीले खोजिको सूचीमा राखेदेखि नै नागराज कहिले भारतको गोवा, मुम्बई, बैंग्लोर तथा कोलम्बिया, थाईल्याण्ड, अमेरिकामा बसेर नै धन्दा चलाउँदै आएका थिए । 

उनको सुरुको पार्टनर रमेश अयोग्य, गौरव तिवारी लगायत थिए । तर पैसामा हिसाबकिताब नमिल्दा उनिहरूको पार्टनरसिप टुटेको थियो । अहिले अयोग्य र तिवारीले छुट्टै एकाउण्ट लिएर सट्टेबाजीको धन्दा चलाउँदै आएका छन् । 

गएको आईपीएल क्रिकेटमा सट्टेबाजीमा रकम राख्दा तीन महिनामा रकम तेब्बर हुन्छ र हारेमा रकम फिर्ता हुन्छ भन्दै दुई करोड ४० लाख ठगी गरी नागराज फरार भएका थिए । 

महाशाखाका अनुसार नागराजले राकेश सिंहलगायतका आधा दर्जन व्यक्तिहरूबाट उक्त परिमाण रकम उठाई फरार थिए । उनी शनिबार बेलुका गोवाबाट काठमाडौं आएका थिए । नागराजको निगरानी गरिरहेको महाशाखाको बिषेश टोलीले काठमाडौं छिरेको जानकारी पाउनसाथ बिहान ७ बजे नै पानीपोखरीस्थित उनकै अपार्टमेन्टबाट नियन्त्रणमा लिएको हो । नेपालमा व्यापार व्यवसायी केही नभएका नागराजले सट्टेबाजीको धन्दा चलाएकै भरमा २० करोड बराबरको देखिने सम्पत्ती जोडेको जनप्रहारले फेला पारेको छ ।

उनको महाराजगञ्ज बाँसबारीमा एक रोपनी जग्गामा फैलिएको घर, बालुवाटार प्रधानन्यायधीश क्वार्टर नजिक ८ आना घडेरी, नारायाणथान पार्कभिलेज नजिक तीन रोपनी जग्गा र पानीपोखरीको अपार्टमेन्टको आजको दिनको बिक्री मूल्य २० करोड बराबरको हुन आउँछ । दुई साता अगाडीसट्टेबाजीको आरोपमा नागराजका केही सदस्यलाई काठमाडौं परिसरले पक्राउ गरेको थियो । 

पूर्वराष्ट्रिय फुटबल खेलाडी तथा म्याच फिक्सिङमा मुछिएका अन्जन केसी, नागराजका खास सहयोगी गौरव तिवारी, काभ्रे भुण्डु गाउँपालिकाका ३८ वर्षीय भुपेन्द्र शम्शेर कुँवर, नुवाकोट ककनीका २७ वर्षीय दिनेश वोगटी, भक्तपुर बोलाछैका २६ वर्षीय विजय श्रेष्ठ, र भक्तपुर बोलाखुका ३१ वर्षीय नरेन्द्र सुवाललाई प्रहरीले पक्राउ गरेको थियो । 

यस्तै महाशाखाले सट्टेबाजीका थप तिन सदस्यलाई सोमवार बेलुका ललितपूरको बिभिन्न स्थानबाट पक्राउ गरेको छ । बिश्वकपमा सट्टेबाजी चलाएको सुचनाको आधारमा उनिहरुलाई पक्राउ गरेको हो । उपत्यककामा सट्टेबाजीका गिरोहमाथी महाशाखाले बिषेश अभियान सञ्चालन नै गरेको छ । 


Post a Comment

0 Comments